फेसबुकले अब सेक्स पार्टनर पनि जुटाइदिने


आफ्ना प्रयोगकर्ताका लागि फेसबुकले नयाँ सुविधा दिने भएको छ । संसारको सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले सेक्स रिलेटेड एप्लिकेसन्स प्रस्तुत गरेको छ । उसले यसअघि जागिर खोज्न, आफ्नो प्रचार गर्न, मित्रको मनस्थिति बुझ्न र निःशुल्क भ्वाइस कल लगायत थुप्रै सुविधा सुरु गरिसकेको छ ।
फेसबुकले ‘ब्याङ विद फ्रेन्डस्’ मार्फत प्रयोगकर्तासँग यौनसम्बन्ध बनाउन रुचि राख्ने युवायुवतीबारे जानकारी दिनेछ । यो रोचक एप्लिकेसन मार्फत प्रयोगकर्ताले फ्रेन्ड लिस्टको कुनै पनि सुन्दरी युवती वा सुन्दर युवकलाई सेक्स प्रपोजल पठाउन सक्छन् । सर्तअनुरूप अर्कोतर्फबाट प्रस्ताव स्वीकार गरिएमा मात्र प्रयोगकर्ताले सम्पर्कलाई निरन्तरता दिन पाउने छन् ।
कलेजका तीन साथीले यो एप्लिकेसन तयार पारेको हुन् । तर, यसका लागि फेसबुकको लिस्टमा यो एप्लिकेसनको सुविधा हुनुपर्छ । हालै सार्वजनिक गरिएको यो सुविधा युरोपेली मुलुकमा निकै लोकप्रिय भइरहेको छ । यसको प्रयोकर्ताको संख्या ३० हजार पुगेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
यो एप्लिकेसन इन्स्टल गर्दा ‘वाल्ली मी’ टेबलाई क्लिक गर्नुपर्छ । यसपछि सूचीमा आबद्ध साथीलाई सेक्स पार्टनर बन्ने प्रस्ताव पठाउन सकिन्छ । यो स्विकारिएमा फेसबुकले मेल पठाएर आधिकारिक जानकारी दिनेछ । यसपछि आपसी सहमतिमा प्रोग्राम सेट गर्न सकिनेछ । प्रयोगकर्ताको प्रस्ताव अस्विकार भएमा भने फेसबुकले कुनै मेल पठाउने छैन ।
लाखौं प्रयोगकर्ताको चाहना र मनस्थितिलाई ध्यानमा राखेर यो एप्लिकेसन बनाइएको निर्माण पक्षले जनाएको छ । यसले आफ्नो रुचिसँग मेल खाने मित्रसँग खुलेर यौनेच्छा व्यक्त गर्न सजिलो हुने उनीहरू बताउँछन् । फेसबुकले केटाले पुरुष मित्रलाई र केटाले महिला मित्रलाई नै सेक्स प्रस्ताव पठाउन सक्ने एप्लिकेसन पनि तयार पारिरहेको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.