बन्धक बनाएर यौन व्यवसायमा

राजधानीको ठमेल क्षेत्रमा महिलालाई बन्धक बनाएर यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । राम्रो जागिर लगाइदिने बहानामा ल्याएर दलालले देखावटी मसाज सेन्टर खोलेर यौन धन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले त्यसरी बन्धक बनाइएका ३ महिलाको उद्दार गरेको छ ।
उनीहरूलाई ठमेलको होटल ग्रिन लिफबाट उद्दार गरिएको हो । त्यहाँ महिलालाई ल्याएर बन्धक बनाई यौन धन्दामा लगाएको वृत्तका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार बाहिरबाट ग्राहक ल्याएर महिलालाई प्रयोग गर्ने गरेको खुलेको छ । होटल सञ्चालक फरार छन् । ग्राहकबाट आफूले धेरै रकम असुलेर महिलालाई थोरै दिने गरेको प्रहरीको भनाई छ ।
यस्तै, ठमेल कै नीलगिरी स्पा एन्ड मसाज सेन्टरबाट प्रहरीले सञ्चालक निर्मल मगरलाई पक्राउ गरेको छ । उनलाई स्पामा काम गर्न राखिएका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप छ । प्रहरीका अनुसार उनले ग्राहक र महिलालाई कोठाभित्र राखेर बाहिरबाट चाबी लगाइदिने गरेका थिए । जबरजस्ती यौन धन्दामा लगाएको उजुरीपछि छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ भनेर आजको कान्तिपुरमा यो समचार छापिएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.