महिलासंगको मित्रता यौनका लागि मात्र

सुन्दा अचम्म लाग्न सक्छ तर ,एक अध्ययनले के देखाएको छ भने  पुरुषहरुले महिलासंग गाँस्ने मित्रताको उद्धेश्य भनेकै यौनिक आकर्षण हो । अध्ययनअनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासंगको उसको मित्रताको मुख्य ध्येय यौन चाहाना पूर्तिमा लक्षित हुन्छ, तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसंगको सम्बन्धका मामिलामा बढी आदर्शवादी हुन्छन् । र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढी अपेक्षा पनि गरेका हुँदैनन् ।
अनुसन्धानकर्ताहरुका अनुसार काम एवं रुचिको प्रभाव तथा अध्ययन संस्थाहरुका कारण महिला र पुरुषको सम्बन्ध नसोचेको तहसम्म पुग्छ, तर यो स्थितिमा पुरुषको वंशाणुगत यौन चरित्र सम्बन्धको बीचमा आइदिन्छ । अध्ययनका क्रममा ८८ जोडी महिला तथा पुरुषलाई उनीहरुको विपरित लिंगप्रतिको यौनआकर्षणका बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा अधिकांश पुरुषले आफ्ना महिला साथीप्रति यौनिक रुपमा आकर्षित हुने गरेको तथा डेटिङमा गएर मस्ती गर्ने चाहाना बढी हुने बताए ।
पुरुषहरुले आफ्ना महिला मित्रहरु आफूले सोचेभन्दा  बढी रोमान्टिक भएको पनि दाबी गरे,तर महिलाहरु भने उक्त कुराबाट अनभिज्ञ थिए । महिलाहरुको हकमा उनीहरु आफ्ना पुरुष मित्रहरुप्रति आकर्षित हुन्छन् र जबसम्म सम्बन्ध नै टुट्ने स्थितिमा पुग्दैन तबसम्म सेक्सका विषयमा सोच्नसम्म भ्याउँदैनन् । महिलाहरु विवाहित पुरुष भन्दा अविवाहितहरुसंग बढी आकर्षित हुने गरेका छन् । अर्को रोचक कुरा विवाहित कुरा महिलाहरु पुरुष र महिला मित्रसँग उत्तिकै आकर्षित हुन्छन् । महिलाहरुको उमेर बढ्दै जाँदा विपरित लिंगीप्रतिको आकर्षण पनि घट्दै जान्छ ।
विस्किन्सन विश्वविद्यालयहरुका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले निकालेको निष्कर्षअनुसार एउटा वफादार पुरुष साथी महिलाका निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिका रुपमा देखा पर्न सक्छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.