कांग्रेस आफ्नो सहमतिबाट हटेपछि एमाले सरकारमा नजाने !

काठमाडौ - कांग्रेस सहमतिबाट पछि हटेको भन्दै एमाले सरकारमा नजाने निर्णय गरेको छ । सिंहदरवारमा बसेको एमाले स्थायी समिति बैठकले गृह लगायत महत्वपूर्ण मन्त्रालय एमालेलाई दिने सहमतिबाट कांग्रेस पछि हटेको भन्दै सरकारमा नजाने निर्णय गरेहो हो । गृह मन्त्रालयको विषयमा दुई दलबीच विवाद बढेको छ ।
एमाले सचिव विष्णु पौडेलले सहमति कार्यान्वयन नहुँदा सम्म सरकारमा नजाने निर्णय भएको बताए । प्रधानमन्त्री सुशील कोइरालको सपथ ग्रहण समारोहमा पनि पार्टी बाट प्रतिनिधी भएर कोही नजाने भएका छन् । पूर्व प्रधानमन्त्रीको हैसियतमा झलनाथ खनाल र माधव नेपाल भने सपथ ग्रहण समारोहमा सहभागी हुने छन् ।

पूर्व सहमति तोडेकाले एमाले सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको पौडेलले बताए । सभामुखमा पार्टीको तर्फबाट सुवास नेम्वाङलाई पठाउने पनि बैठकले निर्णय गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.