अमेरिकामा फेरी नेपाली विद्यार्थीको हत्या


न्युर्योक, अमेरिकामा फेरी एक नेपाली विद्यार्थीको हत्या भएको छ । अमेरिकाको भर्जिनिया टेकमा अध्यनरत नेपाली विद्यार्थी समान्ता श्रेष्ठको हत्या भएको हो । हत्या कस्ले गर्यो हाल सम्म खुल्न सकेको छैन । शनिबार देखि बेपत्ता श्रेष्ठको हत्यामा संलग्न भएको भन्दै स्थानीय प्रहरीले दुई जनालाई पक्राउ गरेको छ तर उनीहरुको बारेमा हाल सम्म केही खुलाएको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । हत्या गरिएकी श्रेष्ठ वल्र्ड बैंकमा कार्यरत माणिकलाल श्रेष्ठको छोरी भएको बताइएको छ । दुई छोरी मात्र रहेको श्रेष्ठकी जेठो छोरीको केहि बर्ष पहिले मोटरसाईकल दुर्घटनामा परि निधन भएको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.