विबाहका सम्बन्धमा ५ झुठहरू…

मानिसको जीवनमा विबाह एक महत्वपूर्ण र आवश्यक कार्य हो । प्रत्येक मानिस आफ्नो विबाह गरेर खुसी साथ रहने सपना देखेर विबाह गर्छ तर हरेकक मानिसको विबाह सोचेजस्तो सुखी र आनन्दपूर्ण हुँदैन । हरेक मानिसका मनमा आफ्ना विबाहका पक्षलाई लिएर फरक-फरक सोच हुन्छ ।
प्राय मानिसहरू विबाह पछी सुख पाइने र समस्याहरूबाट जोगिन सहज हुने धारणाका साथ विबाह बन्धनमा बाधिन्छन् तर विबाह गरेर मात्र पनि जीवनमा नयाँ परिवर्तनहरु आउँछन् भन्ने छैन् ।
हरेक मानिसको जीवना विबाहले नयाँ परिवर्तन ल्याउँछ र जीवन सुखी हन्छ भनेर सोच्नु गलत हुन्छ । मानिसले विबाहका सम्बन्धमा धेरै झुठ विचारहरू आफ्नो मनमा राखेका हुन्छ। विबाह पछि यस्ता काम गर्न सहज हुन्छ, यसरी जिउन सक्छु भन्ने खालका धारणाहरू आउने गर्छ तर यी सबै झुठ पनि हुन सक्छन् ।
थाहा पाऔ विबाहका सम्बन्धमा मानिसका मनमा आउने विचारहरू…
१. मानिसले विबाहपछी आफू एक्लो नहुने र कसैको साथमा सधै रहने सोचाई राख्दछ तर यो त्यतिबेला मात्र सम्भव जतिबेला तपाई र तपाईको पार्टनरबीच मन मिल्छ, समय मिल्छ र त्यस्तै वातावरणको सिर्जना हुन्छ । धेरै कुराहरूबाट छुटकारा पाएपछी मात्र मानिसले जीवनमा विबाह पछी एक्लोपबाट छुटाकारा पाउन सक्छ ।
२. विबाह पछी आफ्नो जीवनसाथीसँग जतिबेला मन लाग्यो त्यतिबेला यौन सम्बन्ध राख्न पाइन्छ भन्ने सोच राख्नु पनि झुठ या गलत हो । मानिसले जतिबेला चाह्यो त्यतिबेला यौनसम्बन्ध राख्न सक्नु निकै नै अप्ठ्यारो र गाह्रो कुरा हो । यौन सम्बन्धका लागी परिस्थीति मिल्ने, दुवैको स्विकृती हुनु आवश्यकक हुन्छ । एकको इच्छामा अर्काको स्विकृती नहुँदा पनि भनेको बेला यौन सम्बन्ध राख्न पाउनु असम्भव हुन्छ । त्यसैले यदी तपाई विबाहपछि जतिबेला पनि यौन सम्बन्ध राख्न पाउँछु भन्ने भ्रममा हुनुहुन्छ भने त्यो त्यागिदिनुस् ।
३. विबाहपछी मैले काम कम गर्दा पनि हुन्छ अर्थात् दुई जना मिलेर काम गर्दा काम कम गर्दा पनि जीवन जीउन सहज हुन्छ भन्ने सोच विबाह भन्दा पहिले आउन सक्छ तर यो सोचाई सही नहुन सक्छ । विबाहपछी दुवैले काम गर्दा आर्थिक रूपमा बलियो हुन सकिन्छ भन्ने धारणा आउन सक्छ तर यो कुरा सबैमा लागू नहुन सक्छ । यदी आफैले जोगाउन सकिन्न भने त्यो सपना पूरा नहुन सक्छ । अर्थात यदी मानिसले आफूले कमाएको पैसा जोगाउन नसक्ने बानी छ भने उसले विबाह गरेर दुई जनाको कमाई भएपनि उसलाई त्यती नै आर्थिक समस्या हुन्छ जति पहिले हुन्थ्यो ।
४. विबाहपछी परिवारमा खुसियाली आउँछ भन्ने सोचाई राख्नु पनि गलत हुन्छ किनकी जति धेरै मानिस त्यति नै धेरै विचार र बानी व्यहोरा हुन्छ । यदी एकसँग अर्काको कुरा नमिले त्यो परिवारमा मनमुटावको स्थिति आउँछ र विबाहपची खुसी भन्दा दु:ख र तनाव बढी हुन्छ ।
५. विबाहपछी दुई बीच समस्या देखिए बच्चाहरू भएपछी त्यो समस्या टर्छ भन्ने सोचाई राख्नु पनि गलत हुन सक्छ । दुईबीच देखिएको समस्या बच्चाहरु जन्मिएपछी पनि उस्तै रहन्छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.