एक किलो महको मूल्य ७ लाख रुपैयाँ ?
एक
किलो महको मूल्य कति पर्ला ? तपाईको सहज अनुमान हुनसन्छ २/४ सयदेखि बढीमा
हजार । तर, आज हामी तपाईलाई यस्तो महबारे जानकारी दिँदै छौं-जसको मूल्य
कारको भन्दा बढि पर्छ ।
टर्किमा उत्पादित ‘एल्विस’ नामको यो महको मूल्य प्रतिकिलो ५ हजार युरो अर्थात् झण्डै ७ लाख रुपैयाँ पर्छ ।
यो महको मूल्य यति महंगो पर्नुमा खास कारण
छ । यो १८ सय मिटर गहिरो गुफामा उत्पादित प्राकृतिक मह हो । हुन त संसारमै
टर्कीको मह अब्बल मानिन्छ । तर, त्यहाँको सारिकायर उपत्याकाको गुफामा
उत्पादित यो मह झनै खास छ ।
स्थानीय माहुरी पालक गुनाय भन्छन्-यो
सबैभन्दा महंगो मह हो । यो मह बनाउने क्रममा महुरीले गोला बनाउँदैन ।’ यो
उपत्याकामा थुप्रै औषधिजन्य बनपस्ति रहेका कारण पनि यो मह खास रहेको उनले
भनाई छ ।
गुनायको तीन पुस्ताले महुरी पालन गर्दै
आएको छ । २००९ मा गुफामा माहुरी आवत जावत गरिरहेको देखेपछि यो मह भएको
आशंका गरिएको थियो । ब्यबसायिक आरोहीको सहयोगमा गुफाभित्र गएपछि १८ किलो मह
भेटिएको थियो ।
उक्त मह फ्रान्सेली ल्याबमा परिक्षण गर्दा
यो सात बर्ष पुरानो भएको र महत्वपूर्ण तत्वले भरिपूर्ण पाइएको थियो । २००९
मा फ्रान्सको स्टाक एक्सचेन्जमा पहिलो पटक एक किलो मह ४ हजार ५ सय यूरोमा
बेचिएको थियो । त्यसको एक वर्षपछि चीनका फर्मासिस्टले २८ हजार यूरोमा मा
किनेका थिए ।
अहिले यसको मूल्य ५ हजार युरो प्रतिकिलो
तोकिएको छ । टर्कीमा सामान्यतयाः ५ हजार भन्दा कम मूल्यमै नयाँ कार आउँछ ।
तर, कारभन्दा महंगो यो महको चर्चा र माग पनि उत्तिकै छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses