के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० माघ २१ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरुले सहमतिको सरकार बनाउन नसकेपछि बहुमतीय सरकार बनाउन राष्ट्रपतिले पत्राचार गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

एमाओवादीले एमाले सरकारमा नगए आफू जाने रणनीति बनाएको नयाँ पत्रिकामा मुख्य खबर छ भने संसदीय दलको नेता बन्न एमालेमा रातभरको दौडधुप भएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ ।

विदेशी नागरिकता लिनेले स्वदेशी जागिर पाएको नागरिक दैनिकमा मुख्य खबर छ भने कान्तिपुर दैनिकले गि्रनकाड हुनेको बढुवा भएको खबरलाई मुख्य बनाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.