भारतीय संसदमा कुटाकुट, सांसदले पेपर स्प्रे छरे


तेलंगाना मुद्दालाई लिएर भारतीय संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । केही संसदलाई अस्पताल भर्ना गरिएको छ । सांसदहरुको झगडाका कारण रान्यसभाको कारबाही दिनभरका लागि स्थगित भएको थियो भने लोकसभा सोमबारसम्मका लागि स्थगित भएको छ ।
केन्द्रीय गृहमन्त्री सुशीलकुमार शिन्देले लोकसभामा तलंगाना विधेयक पेश गरेका थिए । लगतै तेलंगानाका समर्थक र विरोधी सांसदहरु लोकसभा अध्यक्षको सिट अगाडि पुगे । कांग्रेस सांसद एल राजगोपालले खल्तीबाट पेपर स्प्रे लिकालेर अन्य सांसदहरुलाई छरे । जसका कारण केहीलाई खोकी लाग्यो र उनीहरुले राजगोपालमाथि आक्रमण गरे । भारतीय सञ्चार माध्यमहरुका अनुसार सांसद वेणुगोपल रेड्डीले लोकसभामा महासचिवको मेचमा रहेको माइक तोडेका छन् । घटना यहाँसम्म पुग्यो कि लोकसभाको वाच एण्डा वार्ड कमिटीलाई समेत बताउनु पर्‍यो । लोकसभा अध्यक्ष मिराकुमारले घटनाले विश्वको नजरमा भारतीय लोकतन्त्र लाजमर्दो भएको बताइन् । उनले १७ सांसदलाई निलम्बन समेत गरेकी छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.