९० करोड डलरमा जापानी कम्पनीले किन्यो ‘भाइबर’

जापानी कम्पनी ‘
राकुतेन जापानको नम्बर एक इन्टरनेट कम्पनी तथा इकमर्स क्षेत्रको बादशाह मानिन्छ ।
इजरायली उद्यमी तालमोन मर्कोले साइप्रसबाट चलाइरहेको भाइबरलाई ९ सय मिलियन अमेरिकी डलरमा किनेको राकुतेनले शनिवार घोषणा गरेको छ ।
राकुतेनका प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीले भने–‘राकुतेन परिवारमा भाइवरलाई स्वागत गर्न पाउँदा एकदमै खुसी छु, आगामी दिनमा गेमलगायतका क्षेत्रमा भाइवरको निकै सम्भावना छ ।’
भाइबरको बिश्वब्यापी लोकप्रियता र फ्रि म्यासेजिङ एप्सप्रति प्रयोगकर्ताको रुचीका कारण राकुतेन ठूलो रकममा खरिद गर्न अग्रसर भएको हो ।
भाइवरका अहिले बिश्वभर करिव ३० करोड प्रयोगकर्ता छन् । राकुतेनका अहिले करिव साढे २२ करोड प्रयोगकर्ता छन् । दुवैका प्रयोगकर्ता एकैठाउँमा मिसाउँदा यो सवैभन्दा ठूलो म्यासेजिङ एपका रुपमा दरिन्छ ।
यो खरिद प्रकरणले सवैभन्दा ठूलो चुनौती दिएको जापानकै अर्को डाइरेक्ट म्यासेजिङ एप ‘लाइन’लाई । लाइन र भाइवरको सर्भिस लगभग उस्तै छ । लाइनले गत नोभेम्बरमै ३० करोड प्रयोगकर्ता पुगेको घोषणा गरिसकेको थियो भने हालैमात्र भारतमा आफ्ना सेवा विस्तार गरिरहेको छ ।
उता, भाइवरले पनि पछिल्लोपटक मोबाइल तथा फिक्स लाइनमा पनि फोन गर्न सकिने सेवा सुरुवात गरेको छ । भाइवरले टेलिकम्युनिकेसन सर्भिसलाई नै चुनौती दिन लागिरहेको टिप्पणी भइरहेका बेला आक्रामक बजार विस्तारको योजनासहित जापानी कम्पनीले भाइवर किनेको छ ।
राकुतेनको आक्रामक खरिद
बिश्वकै नम्बर एक इन्टरनेट कम्पनी बन्ने लक्ष्यका साथ राकुतेनले पछिल्लो समयमा अन्य कम्पनी खरिद प्रकृयालाई तिब्रता दिएको छ ।
पछिल्लो समयमा मात्रै राकुतेनले इ– रिडिङ प्लेटफर्म ‘कोबो’लाई झण्डै ३० करोड अमेरिकी डलरमा, स्पेनिस भिडियो स्ट्रिमिङ कम्पनी ‘युकाई’, तथा अर्को भिडियो स्ट्रिमिङ सर्भिस ‘भिकी’लाई २० करोड अमेरिकी डलरमा खरिद गरेको छ ।
राकुतेन पिनस्ट्रेटको पनि मुख्य लगानीकर्ता हो भने नयाँ स्टार्टअपमा लगानी गर्ने कोष पनि संचालन गरिरहेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.