चर्चित गायिका अन्जु पन्तको दर्दनाक कथा



Anju_Panta_
काठमाडौं ।  पुख्र्यौली घर फर्पिङ हो तर, म मामाघर तेह्रथुममा जन्मिए । जयबहादुर पन्त र मनु योञ्जन पन्तको पा“च सन्तानमध्ये म कान्छी हुं । बुबा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बा“च्छु भनेर घर छाड्नुभएछ । र, जागीरको सिलसिलामा तेह्रथुम पुगेर त्यही घरजम गर्नुभएछ । म तीन वर्षकी हुंदा परिवारसहित काठमाडौ“ फर्कनुभएछ ।
बाल्यकाल मेरो त्यति सुखद् रहेन । ममीको पीडा हेरेर हुर्किए । १२ वर्षकै उमेरमा उहांको माइलो छोरा बित्यो, त्यसको दुई वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । म आठ वर्षकी मात्र थिए“ । त्यतिबेला ममी जिउनै गाह्रो हुने स्थितिमा पुग्नुभयो । माइती(तेह्रथुम) जाउ“ भने धेरै टाढा, घर(फर्पिङ) जान पनि गाह्रो । धेरै तनावका कारण पछि उहा“ मानसिक बिरामी नै हुनुभयो । अहिले त ठीक हुनुभयो, त्यसैले म ममीलाई धेरै माया दिन्छु । त्यतिखेर फुपु जानकी केसीले साथ नदिनुभएको भए हामीलाई बा“च्नै समस्या पथ्र्यो । सायदै आज म यो स्थितिमा पुग्थे ।
रेडियोमा गित बज्दा शरिर आफै चलमलाउंथ्यो
सानोमा म ज्ञानी बच्चा थिए“ । घरको काममा पनि त्यस्तै । रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेर मात्रै सुत्थे । मैले माझेको सिल्भरको बाटामा ऐना नै हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै भा“डा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो ।
गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थे तर एक्लै हुंदा मात्रै । रेडियोमा गीत बजेपछि मेरो शरीर आपैm चलमलाउंथ्यो । रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेरै एक्लै नाच्थे । गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर हाइफाई तरिकाले गाइदिन्थे । एक्लै हुंदा भने सुरिलो आवाजले गाउंथे“ । मेरा यी हर्कतबाट फुपू भने परिचित हुनुहुन्थ्यो ।anju-panta 2
मनोजसित पहिलो भेट
०५४ सालमा अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो । त्यो प्रतियोगितामा म गाउ“दै थिए, मनोजराज शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् । त्यतिवेला म फुच्ची थिए“, कपाल थाइकट थियो, घुंडाघुंडासम्म आइपुग्ने फ्रक लगाएकी थिए“ ।
मनोजराजजीले त्यहीं नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहा“ले घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहा“ले सोचेजस्तै भयो–म फस्र्ट भए“, मनोजजी छैठौं हुनुभयो । त्यहा“देखि त उहा“ले मलाई ‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी स“गै सिक्नुपर्छ है, साथी बनौं, स“गै प्राक्टिस गरौं न’ भन्दै उहा“ नजिकिन खोज्नुहुन्थ्यो । ‘नाई, म प्राक्टिस आफ्नै दाइहरुस“ग गर्छु’ भनेर म तर्किन्थे ।
मलाई भेट्न उहा“ रेडियो नेपाल नै आउनुहुन्थ्यो, इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी(बाला दिदी) लाई ‘हिन्ट्स्’ दिनुहुन्थ्यो, बाला दिदीस“ग कुरा गरेर मस“ग नजिक हुन खोजेको चाल म थाहा पाइहाल्थे । उहा“ नजिक हुन खोज्नुहुन्थ्यो, म टाढा भाग्थे । मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।
लभ चल्दा नै झपड हानेर बेहोस बनाए
शंकैशंकाबाट सुरु भयो हाम्रो जिन्दगी । बिहे भएको केही दिनदेखि नै उहा“ले मलाई पिट्न थाल्नुभयो । हुन त उहा“ले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएछु । पछि, उहा“ले नै ट्याक्सीमा हालेर घर पु¥याउनुभएछ । म होसमा आएपछि उहा“ले ‘आई लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिहाल्थ्यो ।
अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहा“ले ममाथि शंका गर्ने, त्यस्तो हु“दाहु“दै पनि मैले किन बिहे गरे, त्यो गल्तीको लागि अहिले मलाई छोरी(परितोषिका)ले गाली गर्छे ।anju-panta 5
पटक पटक मर्न खाजे
एक पटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीले झगडा गर्नुभयो । धेरै सम्झाए तरपनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रुंदै चुलेसीले आफ्नै हात काटे । त्यो खत अझै मेटिएको छैन । विभिन्न ठाउ“मा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आ“खा सुन्निदा चस्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरे । गाथा एल्बम गर्दा कुटेर नाक नै भा“चिदिएका थिए । संगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भा“चिदिए ।
छुट्टिने दिन रातभरि कुटाकुट भयो
विदेशमा धेरै कन्सर्टमा जान्थे तर दुवैजना स“गै भने गएका थिएनौं । स“गै जाने उहा“को पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’ भनेर उहा“लाई पनि स“गै लगे । त्यहा“ पनि उहा“को स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औंला नै भा“चिदिनुभयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किए उहा“ उतै बस्नुभयो । केही महिनापछि उहा“ पनि फर्कनुभयो । फर्केपछि त झन् दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो ।
उहा“स“ग छुट्टिनुअघि रातभरि नै झगडा प¥यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘त“ किन कुरा बुझ्दिनस्’ भन्दै घा“टी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे, मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले मज्जाले बजाए“ । बेस्करी मुड्की बजाएकी थिए“, एक मुड्कीमै उहा“को आ“खा रातै भयो ।
तीन बर्षमा तीन तले घर बनाए
फ्यानहरु सम्झन्छु, कतिपल्ट त एक्लै रुन्छु । कति धेरै माया गरेका होलान् जस्तो लाग्छ । कुनैपनि सिंगरलाई आयोजकले डेढ वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक मह“गो छ, मलाई तिर्न ल्याएको पैसा सकिसक्यो । होटलमा अभैm कति दिन बस्नुपर्ने हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना, हामी कुर्छौ“ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थे“ ।
काठमाडौ“मा म एक्लै टोलाउ“थे“ । काठमाडौ“बाहिर बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पु¥याउनुभयो । त्यहा“ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौ“, शनिबार त्यहा“को एउटा ठूलो हलमा सबैजना बस्यौ“ । एक, दुई, चार गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने । सानोबुबाले मलाई सल दिएर घुम्टी लगाउ भन्नुभयो । मैले त्यसै गरे“ । पछि थाहा भयो, मेरो सानो बा पास्टर र सानीआमा पास्टर्नी हुनुहु“दो रहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहसनहस पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोए“ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइन“ ।
बेलुकी भजनकीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । ‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोए“, उफ्रेर नाच्न थाले“, यता कुदे“, उता दगुरे“ । दाइहरु पनि रुनु भयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो । त्यसपछि बाइबल पढ्न थाले“, त्यसबाट प्रभावित भएर अहिले म क्रिश्चियन बने“ ।
त्यतिबेला मस“ग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिए“ तर, सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थाले“ । पा“च लाख रुपैया“ बैना गरेर एकतले घर किने“ । डेढ वर्षको अवधिमा तीन तलाको घर बनाएकी छु । दाजु, भाउजु, ममी, फुपू सबै स“गै बसेका छौ“ ।anju 3
प्रेम र विहे प्रस्तावको ओईरो
एक्लै भएपछि कहिलेकांही प्रेम प्रस्तावहरुले पनि हैरान पार्दा रहेनछन । केही फ्यानहरुका प्रस्तावले पनि हैरान भएकी छु । ए लेभल पदमा रहेका ब्याक्तिहरु, ठुल्ठुला बिजनेस मेन, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी जिन्दगीलाई यसरी लानुपर्छ’ भनेर स“गै हि“ड्ने बाचा पनि गर्छन् । विहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका ब्यक्तिहरु धेरै छन । राजनीतिक दलका ठुल्ठुला नेताहरु पनि मरिहत्ते गर्छन । केही मन्त्रीहरुले एसएमएसमा गित नै लेखेर पठाउंछन ।
बूढास“गै हु“दाचाहि“ योजनाहरु बनाउ“थे“ । आफ्नै म्युजिक कम्पनी खोल्ने, इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौ“ । अब त्यस्ता केही योजना छैनन्, मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ । अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै ।
सेक्सको भोको न म हिजो थिए न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि त्यतातिर ध्यान जादैन । तरपनि, भोलीको कुरा कसले पो भन्न सक्छ र ? जे पनि हुन सक्छ । एक सेकेण्डपछि के हुन्छ, कसैलाई थाहा हुंदैन ।
(मिरर न्यूज मासिककालागि गायिका अन्जु पन्तसित प्रविण बुढाथोकीले गरेको कुराकानीमा आधारित ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.