एउटै टेवल जहाँ सयौं कर्मचारीले एकैपटक काम गर्न सक्छन


सामान्यतयाः एउटा टेवलमा कतिजना कर्मचारी बसेर काम गर्न सक्छन ? नेपालका सरकारी कार्यालयमा कोठै ढाक्नेगरि हाकिमसा’बहरुका टेवल फैलिएका हुन्छन् । जहाँ एक जनाले, त्यो पनि कहिलेकाहीँ काम गर्छन् । तर, न्यूयोर्कमा यस्तो एउटा टेवल बनेको छ जसमा सयौं कर्मचारीले एकैपटक काम गर्न सक्छन् । बारबारियन ग्रुपको नयाँ कार्यालयको टेवल चानुचुने छैन, पुरै ४ हजार ४ सय बर्ग फिटको छ । यसलाई कम्पनीले ‘सुपरडेस्क’ नाम दिएको छ । कार्यालयको प्रमुख कार्यकारी अधिकृतदेखि किचनमेनसम्मले एउटै टेवलमा काम गरिरहेका हुन्छन् । यस्तो अनौठो टेबल राख्नुको कारण सबै डिपार्टमेन्ट र डिसिप्लीन एक अर्कासँग जोडिने र मानिसहरुले एक अर्कासँग जोडिएको महसुस गर्ने कम्पनीको दावी छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.