साहरुख र सलमान मेरो साथी : आमिर खान


बलिउडमा ३ खानको लडाई र विवादले सर्वाधिक चर्चा पाएको हुन्छ । साहरुख खानसँग आमिर खान र सलमान खानको टकरावले मिडियामा सधै नै चर्चा पाएको देखिन्छ । तर स्टारहरु भने आफूहरुको सम्बन्ध मिडियामा आएजस्तो नभएको बताउछन् । साहरुख र सलमान खानले दुई कार्यक्रममा अंगालो मारेपछि यसले चर्चा त पायो नै उनीहरु राम्रो साथी बन्न खोजेको पनि पुष्टी गर्‍यो । सलमानसँग नजिक भएकाले नै आमिर र साहरुख खानबिच सम्बन्ध राम्रो नभएको चर्चा बजारमा नचलेको होइन । तर आमिर खानले भने साहरुख र सलमान आफ्ना लागि उस्तै रहेको जनाएका छन् । ‘साहरुख खान पनि मेरो राम्रो साथी हुन्, हामीले बलिउडका थुप्रै मुद्दामा सँगै आवाज उठाएका छौ’, आमिरले भने । उनले बलिउडका सबै कलाकार, प्राविधिक, संगीतकार, निर्देशक, निर्माता मिलेर सिने नगरीलाई उकास्नु पर्ने बताए । हालै मात्र बिदा मनाएर फर्केका खानले विदेशमा आफूले आफ्नो जीन्दगी जिउन पाउने खुलाएका छन् । ‘म विदेशमा मज्जाले बाटोमा हिड्न, मन लागेको खान, घुम्न सक्छु, जुन भारतमा संभव छैन’, आमिरले भनेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.