जँड्याहा बाबुले ८ वर्षे छोरोलाई बनाए ड्राइभर


मदिराले लठ्ठ भएपछि एकजनाले आफ्नो ८ वर्षीय छोरालाई कार हाँक्न लगाएका छन् । तर कहिल्यै सवारी नचलाएका ती बालकले तीनवटा कारमा ठोक्काएर ५ जना घाइते बनाएका छन् । पोल्याण्ड, गिल्निऊका ३८ वर्षीय मिकोलज तोमाजेस्कीले यस्तो हर्कत गरेका हुन् । स्थानीय पबमा मदिरामा लठि्ठएपछि उनले छोरा जुलिसजलाई घरबाट साइकलमा बोलाएका थिए । त्यसपछि आफूले लिएर आएको कार हाँकेर घर पुर्‍याउन अह्राए । तर, अनुभवहीन बालक त्यत्रो कार कुदाउन के सक्थे र ? बाबुको आदेश शिरोपर गरेपनि उनले सवारी नियन्त्रण गुमाए र सडकमै अर्को कारमाथि आफ्नो कार चढाए । आफ्नो लेन छोड्दै उनले लगातार तीनवटा कारसँग आफ्नो कार ठोक्काए । सो दुर्घटनामा तीनवटै कार क्षतिग्रस्त भएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.