माहुरी मारेको अभियोगमा ४ महिना जेल
पोल्याण्डको
अदालतले माहुरी मारेको अभियोगमा त्यहाँकी एक महिलालाई ४ महिनाको जेल सजायँ
सुनाएको छ । जोन एस ड्यु नामकी ती महिलामाथि २० लाख माहुरीको हत्या गरेको
अभियोग लागेको थियो ।
अदालतका अनुसार उनले किटनाशक औषधीको
प्रयोग गरी ३८५ घार माहुरीको नष्ट गरेकी थिइन् । मंगलबारको अन्तिम
सुनुवाईमा उनलाई दोषी ठहर गर्दै जेल चलान गर्ने आदेश दिइएको छ ।
पोल्याण्डका स्थानीय संचारमाध्यमका अनुसार
यी महिलाले सन् २०१० मा लामखुट्टे मार्न ब्यापक मात्रामा औषधी छरेकी थिइन्
। तर, सो औषधीको प्रयोगले आसपास रहेका माहुरीपालक किसानका ठूलो मात्रामा
महुरी नष्ट भए ।
यो आदेशबाट त्यहाँका माहुरीपालक किशान
खुसी भएका छन् । यसले जथाभावी किटनाशक औषधी प्रयोगमा कमी आउने माहुरीको
संरक्षमा बल पुग्ने उनीहरुको भनाई छ ।
0 comments
Write Down Your Responses