विद्या बालन गर्भवती भएकै हुन् त ?

अभिनेत्री विद्या बालन गर्भवती भएको खबर अहिले वलिउड नगरीमा चर्चाको विषय बनेको छ । विद्या बालनसम्वन्धी नजिकको जानकारी राख्नेहरुले भनेका छन् कि विद्या केही दिनयता अस्पतालको चक्कर लगाइरहेकी छन्, त्यो पनि पटक पटक
घर उनी परिवारका सदस्यका साथ हुन्छिन् त घर आफ्ना कलेजका साथीसँग । अस्पतालको चक्कर लगाइरहेपनि विद्या गर्भवती भएको भने आधिकारिक पुष्टि हुन बाँकी छ ।
तपाईंहरुलाई थाहा होस् कि विद्या बालनले सन् २०१२ डिसेम्बरमा यूटिभी मोशनका प्रमुख सिद्दार्थ राय कपुरसँग विहे गरेकी थिइन् । विद्या सिद्दार्थकी तेस्री पत्नी हुन् ।
गर्भवती भएको हल्ला चलिरहँदा विद्या बालन आफ्नो आउन लागेको फिल्म शादी के साइड इफेक्टस….लाई लिएर चर्चामा छिन् । फिल्ममा उनका साथ फरहान अख्तरले अभिनय गरेका छन् । यो फिल्म १४ फेब्रुअरीमा रिलीज हुनेवाला छ । फिल्म प्यारके साइड इफेक्टसको सिक्वेल हो ।
विवाहपछि पति पत्नीको सम्बन्धले कस्तो मोड लिन्छ भन्ने कथा वरीपरी यो फिल्म घुमेको छ ।
फिल्मबारेमा फरहानने भनेका छन् कि म खुसी छु कि मैले यस फिल्मका माध्यमबाट दर्शकलाई हसाउँने कोशिस गर्नेछु । यो फिल्मका निर्देशक साकेत चौधरीले भनेका छन्, मेरो फिल्मको यूएसपी फरहान र विद्याको रियल लाइफमा विवाहित हुनु हो ।
दुबैजना विवाहित भएकाले वैवाहिक सम्बन्ध र त्यसको गहिराईको सम्झेका छन्, यसैले दुवैले फिल्म आफ्नो भूमिका बहुत राम्ररी निभाएका छन् । ‘मलाई यो भन्नमा गर्व छ कि मैले दुईजना खारिएका कलाकारहरुलाई निर्देशन गरेको छु ।’ निर्देशक चौधरीले भने ।
त्यसो त यसअघि करिना कपुर खान पनि गर्भवती भएको खबर आएको थियो । तर त्यो चर्चा हल्लामात्रै भएको पुष्टि भयो । विद्याको मामलामा के हुन्छ, त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.