ब्रेष्ट सर्जरीले निम्त्याएको यो दुखद् कहानी

ब्रेस्ट सर्जरीको असर लिन्डा पेरेजले भन्दा बढी अरु कसैले बुझ्न सक्दैनन् । मियामीकी १९ वर्षीया लिन्डाले २०१३ अगष्टमा बक्षस्थल आकर्षक बनाउन सजरी गरेकी थिइन् ।

जसको केही घण्टामै उनी कोमामा गइन् । उनी अहिले कोमाबाट बाहिर त आएकी छिन् तर, अरुको सहारा विना न चल्न सक्छिन् न बोल्न । उनको शरीर निकै कमजोर भएको छ ।
चिकित्सकहरुले उनी अब ठिक हुनेमा आशंका गरेका छन् । उनकी आमाले भने अझै आश मारिसकेकी छैनन् । मियामी होराल्डलाई लिएको अन्तर्वार्तामा लिन्डाकी आमा मरिलाले भनिन्–मलाई अझै आश छ, किनकी उ जीउँदैछे र घरमै छे ।’ लिन्डा डिप्रेसनमा गएकी छिन् र हरेक समय रोइरहन्छिन् ।

लिन्डाले १८ वर्षको उमेरमा अगष्ट २०१३ मा ब्रेस्ट इनलार्ज सजरी गरेका थिइन् । सर्जरी गरेको एक घन्टामै उनको दिमागले काम गर्न छाड्यो र कोमामा गइन् । दुई महिनासम्म अस्पतालमा राखेर उपचार गरेपछि कोमाबाट निकालिएको छ ।
लिन्डाको सर्जरी गर्ने डाक्टरले उनको पुरानो रेकर्डहरु हेरिरहेका छन् । उनको आशंका छ कि सर्जरी गर्नुअघि लिन्डाले आफ्नो शारीरसँग जोडिएको महत्वपूर्ण जानकारी भनिनन्, जसका कारण उनी कोमामा गइन् ।
उनी एक सन्तानकी आमा समेत हुन् । उनका परिवारका सदस्यहरुले लिन्डाको बच्चालाई कानूनी अभिभावक बनाउन अदालतमा माग गरेका छन् । उनकी आमाले डाक्टरविरुद्ध समेत मुद्दा हालेका छिन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.