रमेश खरेलको योजना प्रहरी निगरानीका लागी प्रहरी नै सुराकी


काठमाडौं, माघ २७ – प्रहरीको कार्यशैलीमा सुधार र आपराधिक सञ्जालसँगको सम्पर्क जालो भत्काउन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलले आफू मातहतका प्रहरीलाई ‘गलत काम गर्दिन’ भन्दै सामूहिक कसम खुवाएका छन् ।
आत्मसमीक्षा गरेर आचरण सुधार्ने मौका दिने रणनीति अन्तर्गत खरेलले मातहतका प्रहरीलाई ब्रिफिङ गर्दै कसम खुवाएका हुन् । उनले मातहतका प्रहरीलाई सामूहिक रुपमा बोलाएर ‘अपराधीसँग मिल्दैनौं, तस्करसँगै मिल्दैनौं, नागरिकको काम गरेबापत घुस खान्नौं ‘ भन्दै कसम खुवाउने गरेका छन् । बदनाम चरित्र भएका प्रहरी कर्मचारुीलाई उनले एक्लै भेटेर ‘कार्यशैली सुधार्नु वा कारबाहीका लागि तयार रहनू’ भन्दै चेतावनी दिने गरेका छन् । स्रोतका अनुसार आत्मसममिक्षा गराएर कार्यशैली सुधार्ने योजना पहिलो चरणको हो । दोस्रो चरणमा प्रहरीको आर्थिक व्यवहार अनुगमनको लागि सुराकी खटाउने रणनीति बनिसकेको छ । ‘प्रहरीको अनुगमनका लागि प्रहरीलाई नै सुराकी बनाउनु प्रभावकारी हुनसक्छ,’ स्रोतले भन्यो, ‘त्यहीअनुसार कार्यनीति बनेको छ । आजको नागरिक दैनिकमा यो खवर छापिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.