अश्लील चलचित्रमा प्रहरीका आँखा

सामाजिक विकृति रोक्ने क्रममा आइतबार मोरङ प्रहरीले विराटनगरका विभिन्न पसलबाट अश्लील चलचित्रका सिडी, डिभिडीसहित पाँच जनालाई पक्राउ गरेको छ । 
 
ग्राहक बनेर गएको प्रहरीको विशेष टोलीले विराटनगर–८ स्थित आनन्द भिडियो सेन्टर, विराटनगर–१५ को ओसकर भिडियो सेन्टर र विराट भिडियो सेन्टरमा छापा मारेको छ । छापा मार्दा त्यहाँबाट सात सय १६ थान अश्लील चलचित्रका सिडी र डिभिडी बरामद गरेको छ । 
 
अश्लील चलचित्र बिक्री वितरणमा संलग्न राजेशकुमार अटल, उमेश भगत, रूपेशकुमार मण्डल, अर्जुन शर्मा र जगन्नाथ यादव पक्राउ परेका छन् । उनीहरूलाई केही सार्वजनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । भिडियो सेन्टरमध्ये आनन्दबाट कम्प्युटरको सिपियु एक थान, डिभिडी प्लेयर, डिभिडी रोम ८ थान बरामद भएको छ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.