पेन्टिङ्ग बेचेर ११ वर्षमै करोडपति बने बालक


(एजेन्सी) भनिन्छ केही मानिसले जन्मदेखि नै अद्भूत क्षमता लिएर आएका हुन्छन् । ठीक यस्तै कुरा लागु भएको छ, किरोन विलियमसनसँग । उनको उमेर केवल ११ वर्ष मात्र छ, तर उनले आफ्नो पेन्टिङ्गबाट करोडौं रुपैयाँको मालिक बनिसकेका छन् । उनका साथी खेलकुदमा मस्त भएको बेला उनले बनाएको एउटै पेन्टिङ्ग ३५ हजार पाउण्डमा बिक्छ । उनले विशेष गरेर ल्यान्डस्केप पेन्टिङ्ग गर्छन् । ‘मिनी–मोनेट’ नामले परिचित किरोनले आफ्नो पहिलो पेन्टिङ्ग प्रदर्शनी ६ वर्षको उमेरमा गरेका थिए । गत वर्ष उनले पेन्टिङ्ग बेचेर मात्रै १.५ मिलियन पाउण्ड कमाएका थिए । जसमा एक प्रदर्शनीमा उनले २ सय पचास हजार पाउण्ड केवल २० मिनेटमा कमाएका थिए । उनको अद्भूत क्षमताले गर्दा किरोन अहिले विश्वभरि चर्चित बनेका छन् र उनको पेन्टिङ्गको पारखीहरु पनि बढी रहेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.