फेसबुकका कारण बढ्यो सम्बन्ध बिच्छेद गर्नेको संख्या

पछिल्लो दशकमा इन्टरनेटको दुनियाँमा फेसबुक एक सशक्त समाजिक सञ्जाल बनेको छ । ४ फरवरी २००४ मा शुरुवात भएको फेसबुक दशौं वर्षमा प्रवेश गरेको छ । पछिल्ला दिनमा प्रिस्टन युनिर्भसिटीको एक अनुसन्धानले भने फेसबुक अब बिस्तारै खत्तम हुने बताएको थियो । यद्यपि फेसवुकको आफ्नो अलग्गै पहिचान छ । हाम्रो जीवनमा यो अहिले एक हिस्सा बनिसकेको छ । आज हामी फेसबुकका केही रोचक पक्षहरुका बारेमा चर्चा गर्ने छौं ।
फेसबुकको रंग किन निलो हुन्छ ?
फेसवुकको निलो रंग हुनुको पछाडी सिधा कारण छ, त्यो हो यसका संस्थापक मार्क जुकरबर्ग ‘कलर ब्लाइन्ड’ (उनी केही सिमित रंग चिन्दैनन्) हुनु । न्यूयोर्कमा दिएको एउटा अन्तवार्तामा उनले रातो रंग र हरियो रंग नदेख्ने खुलासा गरेका थिए । यसका अलावा निलो रंग उनको मन पर्ने रंग हो । त्यही भएर फेसवुकको शुरुवात यसै रंगका साथ भएको थियो । मार्क सँधै जतिपनि साधारण बन्न चाहन्छन् । त्यसै कारण पनि उनले फेसवुक निलो रंगमा दिएका हुन् ।
सम्बन्ध बिच्छेदका सबैभन्दा ठुलो कारण
सन् २०११ मा डिवोर्स अनलाईनको आंकाडा बमोजिम अमेरिकामा हुने सबै सम्बन्ध बिच्छेदका घटनाको एक तिहाइ कारण फेसवुकको थियो । उक्त अनलाइनको अनुसार सम्बन्ध बिच्छेद गर्नेहरुले फेसवुक कमेन्ट, पार्टनरसँग च्याट, म्यासेज, भद्धा कमेन्ट, फेसवुक साथीजस्ता प्रमाणहरु पेश गरेका थिए ।
फेसबुकबाट संविधान
आइसल्याण्डको संविधान फेसवुक मद्दतले लेखिएको हो । सन् १९४४ मा डेनमार्कबाट अलग भएपछि आइसल्याण्डले आफ्नो संविधान कहिल्यै बनाएन । उसले डेनमार्कको संबिधानलाई मान्ने गरेको थियो । आइसल्याण्ड आफ्नो संविधान सन् २०११ मा लेख्यो । यसका २५ जना रहेको एउटा काउन्सिल बनाइयो फेसवुकबाट सुझाव मागिएको थियो । यस काउन्सिल बनाएको जुन संबिधानको मस्यौदा थियो त्यो फेसबुकमा पोष्ट गरिएको थियो । यसमा जनताको सुझाव लिइयो र त्यसैका आधारमा संबिधान बन्यो ।
फेसबुकले दिन्छ ह्याकरलाई पुरस्कार
फेसबुकले फेसबुक ह्याक गरेमा पुरसकार दिने गरेको छ । यस पुरस्कार राशी ५ सय डलर रहेको छ । अर्को तर्फ फेसबुकको कुनै गत्ली देखायो भनेपनि ५ सय डलर पुरस्कार दिने गरिएको छ । यसका फेसबुकको सर्त छ । आफ्नो पहिचान बताएर फेसबुकको ह्याक गर्नुपर्छ । ह्याकरले फेसबुकलाई आफ्नो कमजोरी सुधार्न २४ घण्टाको समय दिनुपर्छ ।
८३ प्रतिशत यौनकर्मीको फ्यान पेज
फेसबुकबाट ८३ प्रतिशत यौनकर्मीहरुले आफ्नो फ्यान पेज बनाएका छन् । यो कुरा कोलोम्बिया बिश्वबिद्यालयका रिर्सचर सुधिर बैंकटेशनले सामुन्ने राखेका थिए । सुधिरको रिसर्जमा मुताविक यिनी यौनकर्मीको पहिले क्रेगलिष्टमा एडल्छ सर्विस क्याटागोरीमा आफ्नो परिचय राखेका थिए भने पछि फेसबुकमा आफ्नो फ्यान पेज बनाएका थिए ।
फेसबुकमा साथी नबन्दा हत्या
फेसबुक कारण मृत्यु पनि हुनसक्छ । यसका सबुत प्रमाण अमेरिकाको टेननेसीमा भएको हत्यालाई लिन सकिन्छ । बिलि क्ले र बिलि जीनलाई जेनेले पोर्टन नामकी एक महिलाको फेसबुक अनफ्रेन्ड गर्नु निकै भारी परेको थियो । ती महिलाका पिताले यसका कारण दुःखी भएर दवै पति पत्निको हत्या गरेका थिए । यस घटनामा उनीहरुको बच्चा भने बचेको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.