काँग्रेसको नेतृत्वको सरकारलाई एमाले को समर्थन !

काठमाडौं-एमाले स्थायी कमिटीको बैठकले कांग्रेस नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ। शक्ती बाँडफाडको विषयमा रणनीतिक तयारी गर्न भन्दै संविधानसभा भवन बानेश्वरमा एमाले स्थायी कमिटी बैठक बसेको थियो।

राष्ट्रपति निर्वाचन लगायतका विषयमा कांग्रेस सँग प्याकेजमा सहमित भएको एमालेले बताएको छ। एमालेको यो निर्णय सँगै कांग्रेस सभापति सुशिल कोइराला नेतृत्वमा सरकार बनाउने बाटो खुलेको छ। भोली प्रधानमन्त्रीको लागि ब्यवस्थापिका संसदमा निर्वाचन गर्ने कार्यक्रम छ। हिजो मात्र कांग्रेस र एमालेको बार्ता भएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.