सरकारी गाडीसहित नक्कली अनुगमन टोली पक्राउ


२६ फागुन, काठमाडौं । भूमिसुधार कार्यालयको गाडीसहित काठमाडौंको नरदेवीबाट नक्कली अनुगमन टोली पक्राउ परेको छ । पक्राउ परेका दुई जनालाई अहिले जनसेवामा राखिएको छ र सोधपुछ भइरहेको छ । उनीहरुको साथबाट भूमिसुधार कार्यालयको बा १ झ ७७४१ नम्बरको गाडी समेत बरामद भएको छ । अनुगमनका क्रममा रकम मागेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले भने अनुसन्धान भइरहेको भन्दै तथ केही बताउन अस्वीकार गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.