राखी सावन्त केजरीवालविरूद्द लोकसभा चुनाव लड्न चाहन्छिन्

विवादास्पद र अनेक बयान दिएर सधैं भारतीय मिडियमा छाइरहने आइटम गर्ल राखी सावन्तले  आम आदमी पार्टीका संस्‍थापक तथा दिल्‍लीका पूर्व मुख्‍यमन्त्री अरविन्द केजरीवालविरूद्द चुनाव लड्न चाहेको बताएर पुनः चर्चा बटुलेकी छन् ।
तपार्इंलार्इ थाहा होस, केही दिनअघि राखी सावन्त कसैले नबोलार्इ भारतीय जनता पार्टीको मूख्यालयमा पुगेकी थिइन् । भाजपा मुख्यालय पुगेर राखीले आफूलार्इ भारतीय जनता पार्टीकी छोरी बताउँदै नरेन्द्र मोदी नै अबका प्रधानमन्त्री हुने बताएकी थिइन् ।
निम्तै नगरी राखी भाजपा मुख्‍यालयमा पुगेपछि पार्टी अध्‍यक्ष राजनाथ सिंह भावुक बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाजपा मुख्यालय पुगेका बेला राखीले चुनाव लड्ने आफ्नो कुनै योजना नरहेको बताएकी थिइन् । तर पनि उनले यदि पार्टीले आफूलार्इ अवसर दिएमा देशका कुनै पनि संसदीय क्षेत्रमा केजरीवालसँग चुनावी प्रतिस्पर्धा गर्न चाहन्छिन् ।
राखीले यो पनि भनेकी छन्, उनले अबका चार महिनासम्मका लागि कुनै पनि सुटिङका कार्यक्रम उनले रद्द गरेकी छन् । अबको चार महिना उनी मोदीलार्इ प्रधानमन्त्री बनाउनका लागि चुनावी प्रचारमा लाग्ने भएकी छन् ।
दिल्लीमा असफल भइसकेपछि केजरीवाल अहिले लोकसभाको चुनावी प्रचार अभियानमा छन् । उनले समर्थकको भावनामाथि खेलबाड गरेको आरोप खेप्नुपरिरहेको छ ।
राखी सावन्ले भनेकी छन्, केजरीवाललार्इ क्यामेरासँग बढी मोह छ । ‘उनले म सँग चुनाव लडेर देखाउन्’ राखीले भनिन्, ‘उनलार्इ सत्यको के हो थाहा हुन्छ, किन किन मिडियाले उनलार्इ भन्दा बढी माया मलार्इ गर्छन् ।’ 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.