दुरुस्त देखिन जुम्ल्याहाले खर्चिए करोडौं, प्रेमी पनि एउटै

करिव एक मिनेटको अन्तरमा जन्मिएका जुम्ल्याहाको बीचमा धेरै समानता हुन्छ । अनुहार, आनीबानी, जागिर, कारदेखि फेसबुक एकाउन्टसम्म एउटै भएका देखिएको छ ।
तर, अष्ट्रेलियका जुम्ल्याहा दिदीबहिनी आना र ल्यूसीलाई यतिमात्र पर्याप्त भएन । उनीहरुले आफ्नो जुम्ल्याहामा रहेको केही शारीरिक फरकपन हटाउन सर्जरी गराएका छन् र अब उनीहरुलाई छुट्टाउन निकै मुस्किल भएको छ ।

उनीहरुले ओठको सर्जरी गरेका छन् भने स्तन इम्प्लान्ट गरेका छन् । आइब्रो समेत उस्तै बनाएका छन् । जसका लागि उनीहरुले २ लाख ४० हजार अष्ट्रेलियन डलर खर्च गरेका छन् ।
पश्चिमी अष्ट्रेलियाको पर्थमा बस्ने यी टि्वन्स अधिकांश समय एकसाथ हुन्छन् । उनीहरु आमासँग बस्छन् । तर, उनीहरुको प्रेमी एउटै छन् । उनीहरुको अहिलेको प्रेमी इलेक्ट्रि कल मेकानिक बेन पर्थकै हुन् ।

आनाले भन्छिन-’हामी अहिले एकै केटासँग डेटमा छौं । हाम्रो सम्वन्धमा तीन जना छन् र हामी शेयरिङमा छौं ।’ ल्यूसी भन्छिन्-’यसले हामीमा कुनै समस्या छैन । हाम्रो एकै व्याइफ्रेण्ड छ र हामी बेड शेयर गछौं । शारीरिक सम्वन्ध राख्दा पनि हामी तीनै जना सँगै हुन्छौं । हामी हरेक डेटमा दुबै हुन्छौं ।’
ल्यूसीका अनुसार प्रेमीसँग सानै उमेरबाट उनीहरु सँगसँगै छन् । उनीहरुले नर्सरी, प्राथमिक माध्यमिक विद्यालय तहको पढाइसँगै सके । उनीहरुले कलेजमा ब्यूटी कोर्ससमेत एकसाथ गरे ।
१२ वर्षको उमेर हुँदा उनीहरुले हेयर स्टाइल फरक-फरक गरेका थिए । तर, त्यो धेरै दिन टिकेन् । त्यसयता उनीहरुका रहेक कुरा उस्तै छन, जसलाई उनीहरु जीवनभर दायाँबायाँ गर्न चाहान्नन् । 

0 comments

Write Down Your Responses

Powered by Blogger.