सार्वजनिक यातायात केटी मान्छेका लागि नर्क

source:setopati
काठमाडौंको सिनामंगलदेखि रत्नपार्कसम्म जाने माइक्रोबसमा म अक्सर चढ्ने गर्छु। मान्छेहरुलाई सामान कोचेझैँ नकोचे मानौँ बस नै चल्दैन। न समाउने ठाउँ हुन्छ, न टेक्ने ठाउँ!
 
हाम्रा सार्वजनिक यातायातको यो अर्को विषेशता हो।
 
टेक्ने न समाउने सार्वजनिक यात्रामा केटी मान्छेहरु बढी दुव्र्यवहारका सिकार हुन्छन्। केटी मान्छेका लागि यो सानोतिनो नर्क नै हो।
 
भिडभाडमा केटीमान्छेसँग अचेटिदाँ रमाइलो मान्ने केटा/बुढामान्छेहरु देखेकी छु मैले।
 
कयौँपटक त्यही मेसोमा उनीहरुका हात नियतबश, केटी मान्छेका अंगअंगमा पुगेको थाहा छ मलाई। यस्ता घटिया हर्कत देख्ने÷भोग्ने ममात्र होइन, धेरै केटी मान्छेहरु छन्।
 
केही केटा साथीहरुको अनुभवअनुसार केटाहरुलाई दुव्र्यवहार गर्ने केटी मान्छेहरु पनि भेटिन्छन्।
 
मलाई लाग्छ, उनीहरुले कहिलेकाहिँ यस्ता केटी ामान्छेहरु भेट्लान्। तर, यस्ता केटा मान्छे त दिनदिनै भेटिन्छन्।
 
स्वस्थ दिमागी हालतमा मानिसले अर्कालाई दुव्र्यवहार गर्दैन। यस्तो अस्वस्थ दिमाग हाम्रो समाजका केही मान्छेहरुले संस्कारकै रुपमा लिएर आएका छन्।
 
सार्वजनिक यातायातमा झुण्डिनुपरेन भने, चेपिनुपरेन भने र सिट पाइयो भने पनि बिना समस्या कहाँ बस्न पाइन्छ र? छेउमा महिला पर्यो‍ भने त ठिकै छ, केटा मान्छे पर्यो‍ भने खुट्टा फिँजाएर बस्दिन्छन्, मानौँ बसको सिट होइन, घरकै सोफा हो। सानैदेखि खुम्चिन बानी परेका केटीहरु खुम्चिएर बस्छन्। केटा मान्छेले आफूले अर्कालाई कति ‘डिस्टर्ब’ गरेको छु भन्ने ख्यालै गर्दैनन्।
 
मन परेन भने यसरी नबस्नुस् भनेर कसैले भनेको मैले अझसम्म थाहा पाएकी छैन।
 
मलाई त लाग्छ, सार्वजनिक यातायातमा चढ्नु भनेको पैसा तिरेर समस्यैसमस्यामा अलिबेर आफूलाई कोच्नु हो।
...
गाडीमा महिला आरक्षणका सिटमा बसेका लोग्नेमान्छेहरु देख्दा मलाई अचम्म लाग्छ, जब ती सिटमा बसेर फेसबुक अपडेट गरिरहेका हुन्छन्। जब अझ, महिलाहरु उभिएका हुन्छन्।
 
एकदिन पुलचोकबाट बानेश्वरका लागि नेपाल यातायात चढेँ। एकजना लक्का जवान पुरुष सिटमा बसेको देखेँ।
 
‘यो महिला सिट हो उठ्नुस्।’
 
उसले अघिदेखि नै उभिएकी आन्टीलाई बोलाएर आफू बसेको ठाउँमा बसायो र मतिर फक्र्यो, ‘सिनियरलाई ठाउँ दिनुप¥र्यो नि होइन?’
 
उसको इगो!
 
‘आन्टीअघि नै देखि उभिएको देखिदेखि महिला सिटमा किन बसेको नि?’ मेरो प्रश्नको जवाफ ऊसँग थिएन।
 
ऊ उठेकामा मलाई खुसी लाग्यो, किनकि महिला सिटमा पनि उठाउँदा उठ्ने ‘सभ्य’हरु थोरै भेटिन्छन्।
 
अर्को दिन पनि अर्को त्यस्तै मान्छेलाई भन्नुपर्यो‍, ‘तपाईँ महिला सिटमा बस्नुभाछ, उठ्नुस्।’
 
उसले त भन्यो, ‘मेरो झोला गह्रौँ छ, बोक्दिने हो भने उठ्छु।’
 
म छक्क परेँ। जो अर्कालाई होच्याउने नियत लिएर बसेका हुन्छन्, उनीहरुसँग सकिदैँन।
 
नेपाल यातायातमा अर्को दिन पुल्चोकमै एकजना मान्छे महिला सिटबाट जति उठाउन खोज्दा पनि उठेनन्। वरिपरि अरु मान्छेहरुले समेत उनलाई महिला सिटबाट उठ्न भने तर उनी उठेनन्।
 
हामी साथीहरु थियौँ, मुस्कायौँ र छोडिदियौँ।
 
महिला आएपछि महिला सिटबाट उठिदिनेहरु त मैले अझसम्म देखेकी छैन।
 
केही मान्छेहरु यसरी उठाउँदा नि टेर्दैनन् र उनीहरुले नटेरेकोमा लाज मलाई लाग्छ।
 
अचम्म त्यसबेला पनि लाग्छ, जब कोही पढेलेखा केटी मान्छेले महिला सिटमा बसेका केटाहरुलाई उठाउन दकस मान्छन्।
 
कानुनले आरक्षणको व्यवस्था गरेको छ भने त्यो हामीले उपयोग किन नगर्ने? कम्तीमा गाह्रो ठाउँमा त्यो लिन सक्नुपर्छ। हाम्रो अवस्थालाई सम्बोधन गर्न कानुनले यस्ता व्यवस्था गरेको हुन्छ। किन दकस मानेर बस्ने?
 
सबैभन्दा लाजमर्दो त्यो बेला हुन्छ, जब महिला सिटमै बसेकाहरु समानता, प्रतिस्पर्धाजस्ता विषयमा बहस गर्न तम्सिन्छन्।
 
आजै बिहान मेरी साथी भन्दै थिई, ‘अचेल कलेज आउँदा दिनदिनैजसो गाडीमा मान्छेहरुसँग किचकिच पर्छ, उफ्।’
 
उसले पनि महिला सिटमा बसेको एकजना केटा मान्छेलाई उठाउँदा जवाफ पाइछ, ‘यो महिलाका लागि हो, केटीको लागि होइन।’
 
ऊ आजित थिई, ‘थाहा छ? यति भनेर पनि ऊ उठेन नि।’
 
भक्तपुरदेखि काठमाडौँको रुटमा चल्ने केही बसका स्टाफले नै महिला सिटमा बसेका पुरुषलाई उठाइदिन्छन्। यो मैले अरुबाट सुनेको र एकदुई पटक आफैँले पनि देखेको घटना हो। धेरैजसो गाडीका स्टाफहरुको त आफ्नै व्यवहार गतिलो हुँदैन।
 
होइन, बसमा कानुनले नै दिएको महिला आरक्षण सिट छोड्नुपर्दा टाउको दुखाउने केटा मान्छेलाई लाज लाग्दैन चर्को बोल्न? सामान्य कानुनको पालना गर्न सक्दैनन्, अझ उल्टै समानताका गफ दिएर हुन्छ? केटी मान्छेसँग छोराछोरी बराबरी भनेर फुइँ लगाउनेहरुले सक्छन् आफ्नो घरका दिदीबहिनीलाई वा छोरीलाई दाजुभाइ वा छोरासरह स्थान दिन? व्यवहार गर्न? अंश दिन?
 
ट्विटर, फेसबुक र अन्यत्र पनि आरक्षण सिटहरुको विरुद्धमा चर्का कुरा गर्ने केटा मान्छेहरुलाई देखेर उदेक लाग्छ। ए बाबा, त्यही आरक्षण सिट दाबी गर्न हिम्मत नहुने शिक्षितहरु हामी कति धेरै छौँ? दाबी नै गरे पनि त्यसलाई सहायता गर्नुपर्छ भन्ने सोच नहुनेहरु हामी अझै कति धेरै छौँ? 
 
केटी मान्छेलाई अधिकार लिन खोज्दा उल्याउनेहरु हामी अझै कति धेरै छौँ? त्यसै आजको भोलि महिला पुरुष बराबरी भनेर हुन्छ?

0 comments

Write Down Your Responses

Powered by Blogger.