छोरीलाई भन्दा आमालाई परीक्षाको बढी चटारो

२ चैत, गोरखा । सेन्टमेरिज स्कुलमा कक्षा ६ मा पढ्ने नम्सरालाई नजिकिँदै गरेको वाषिर्क परीक्षाको चटारो त छँदैछ, त्योभन्दा पनि चटारोछ, एसएलसी दिन लागेकी उनकी आमा सीता थापालाई ।
गोरखा नगरपालिका ३ हरमटारी निवासी ३८ वर्षकी सीता एसएलसीको तयारीमा जुटेकी हुन् । उनले प्राइभेट रुपमा एसएलसी दिन लागेकी हुन् । ‘बिहान तीन बजे उठेर पढ्छु । राति पनि ११ बजेसम्म पढ्छु,’ उनी भन्छिन् ‘अरुभन्दा पनि अंग्रेजी र विजनेस विषयको चिनता छ ।’ अंग्रेजी माध्यममा पढ्नु परेकाले समस्या भएको उनले बताइन् । ‘सानी छोरीले सिकाइरहेकी छ । आफू पनि मेहनत गर्दै छु, पास हुन्छु कि भन्ने आशा छ,’ उनले भनिन् ।
सरस्वती एजुकेसन इन्टिच्युटमा ट्युसन पढेर प्राइभेट एसएलसी दिने तयारी गरेको उनले बताइन् ।
प्युठानमा जन्मेकी सीतालाई सानोमा पढ्ने वातावरण मिलने । ‘२०४० सालतिर भाइसँग कहिलेकाँही स्कुल त जान्थे,’ उनी भन्छिन् ‘त्यतिबेला महिलाले पढ्ने चलन थिएन् । म ११ वर्षकी हुँदा बहिनी जन्मी । आमाले अब तिमीले बहिनी हेनुपर्छ । भो स्कुल नजाउ भन्नुभयो अनि त्यही बेलादेखि पढाइ रोकियो ।’
अहिले उनले सिटाइकटाईको तालिम लिएर अरुलाई सिकाइरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.