T20 World cup मा नेपालको सानदार सुरुवात !!

बंगलादेश – ट्वान्टी२० विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। चित्तागोङको क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ८० रनको विशाल जित हात पार्‍यो।

जहुर अहमद चौधरी स्टेडियममा टस हारेर नेपालले पहिला ब्याटिङको निम्तो पाएको थियो। नेपालले राम्रो सुरुवात गर्‍यो। सुवास खकुरेल र सागर पुनले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे। पुन १३ र खकुरेल २२ रनमा आउट भए। तेस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ८० रनको साझेदारी गरे। मल्लले एक छक्का र चार चौकाको मद्दतले ४८ रन बनाए भने खड्काले ४१ रन बनाए। कप्तान खड्का अन्तर्राष्ट्रिय ट्वान्टी२० मा पाँच सय रन कटाउने पहिलो नेपाली खेलाडी पनि बनेका छन्।

१ सय ५० रनको चुनौती लिएर ब्याटिङमा उत्रिएको हङकङ नेपालसामू निरीह देखियो। पहिलो बलमै कप्तान पारस खड्काले इरफान अहमदलाई आउट गरेका थिए। हङकङका बबर हयातले २० रन जोडे भने वकास बरकतले १८ र मार्क च्यापम्यानले १३ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालका स्पीनरहरू हङकङका ब्याट्सम्यानमाथि हाबी भए। चार ओभरको स्पेलमा शक्ति गौचनले ९ रन खर्चदै तीन विकेट लिए भने रेग्मीले १४ रन खर्चदै ३ विकेट लिए।

नेपालले दोस्रो खेलमा पर्सि बंगलादेशसँग यही मैदानमा प्रतिस्पर्धा गर्नेछ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.