इमर्जेन्सी नम्बरमा फोन गरेर महिलाले मागिन ‘सेक्स’ सहयोग

नेपालमा इमर्जेन्सी १०० ‘ब्लफ कल’ आएको समाचार बेला–बेला आउने गर्छ ।
अमेरिकाको फ्लोरिडामा भने एक महिलाले प्रहरीले इमर्जेन्सी नम्बरमा फोन गरेर ‘सेक्स’को सहयोग मागेकी छिन् ।
मारिया मोन्टेन नामकी महिलाले ९११ मा फोन गरेर प्रहरी मागेकी थिइन् । प्रहरी पुग्दा उनी मदिराले लठ्ठ भएकी थिइन् । प्रहरीलाई देख्नासाथ उनले भनिन– अहो, तिमी त कति सेक्सी र ह्याण्डसम, बिहे भएको छ कि छैन ?
जव प्रहरीले के सहयोग गर्न सक्छु भनेर सोधे, उनले आफूले लामो समयदेखि यौन प्यास मेटन नपाएको भन्दै निकै आतुर रहेको बताइन् ।
जब प्रहरीले यसमा सहयोग गर्न असमर्थ रहेको बतायो तव उनले आफ्नो कारको स्वामित्व बिबाद मिलाइदिन आग्रह गरिन् । श्रीमान मरेपछि कारको स्वामित्व झडकेलो छोरालाइ दिन खोजेको भन्दै उनले घटनाक्रा सुनाउँदा उनले प्रहरीको पाखुरा समातेर पटकपटक आफ्नो छातीमा दल्ने कोसिस गरेको प्रहरीले जनाएको छ ।
५८ बर्षे यी महिलाको फोहोरी ब्यवहारपछि प्रहरीले इमर्जेन्सी नम्बर दुरुपयोग नगर्न सम्झाउँदै फर्कियो ।
तर, मोन्टेनले फेरि ९११ मा फोन गरेर आफूले सेक्स गर्न भनेको तर, प्रहरी जवान फर्किएको भन्दै आक्रोस पोखिन् ।
हद भएपछि प्रहरीले इमर्जेन्सी सेवा दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.