२५ बर्षपछि आँखाको ज्योती फर्कियो, श्रीमतीलाई एक लाइनको प्रेम पत्र


२५ वर्षपछि आँखाको ज्योती फर्किएका एल्डेन हिल्टुनेन निकै खुसी थिए । उमेर झण्डै ८० लाग्न थालेका यी बुढाले आफ्नो खुसीमा फेरि जवानीको जोस निकाल्दै लेखे– ‘आई लभ यू ग्लान्डा ।’
अमेरिकाको मिसिगन निवासी यी बृद्धले झण्डै २५ बर्ष अध्याँरो भोगे । उमेरले ५० टेक्दा नटेक्दै उनको आँखाको ज्योती गुम्यो । उनले लेखपढ गर्न सकेनन, हस्ताक्षर गर्न सकेनन, आफ्नो परिवारका सदस्य र संसारलाई नै देख्न सकेनन् । दुई महिनाअघि मात्र टेलिस्कोपिक सर्जरीपछि उनका आँखाको ज्योती फर्किएको छ । उनका ३० नाता नातिना छन् । उनले पछिल्लो पटक देखेको बच्चा २२ वर्षको भइसकेको छ । हिल्टुनेनले लेखेको यो एक लाइनको प्रेमपत्र हालै उनका नातीले खिचेर सामाजिक संजालमा सार्वजनिक गरिदिए । नाती भन्छन–हजुरबाको पत्र देखेर हजुरआमा खुसीले रुनुभयो, हजुरबुबाको पत्र पढ्न निकै उत्साहित हुनुहुन्थ्यो ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.