ज्यान मारेको अभियोगमा ३७ जना पक्राउ


ज्यान मारेको अभियोगमा ३७ जना पक्राउ परेका छन् । पाथेका-४ का १८ वषर्ीय एलिस भन्ने अजय राईको हत्या गरेको अभियोगमा स्थानीय गणेश गिरी लगायत ३७ जना आइतबार पक्राउ परेका हुन् । यसमध्ये तीन महिला पनि छन् । राईले स्थानीयलाई दुःख दिएको भन्दै हात खुट्टा भाँचेर प्रहरीलाई बुझाउने निर्णय गरेर सुक्रबार कुटपिट गरेपछि ज्यान गएको प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले बताए । 'पटक-पटक दुःख दिइरहने भएकाले उनको अत्याचार खेप्न नसकेपछि निर्णय गरेरै कुटपिट गरेका रहेछन् ।' साहले भने-'कुट्दा-कुट्दै मरेछ ।' साहका अनुसार कुटपिट गर्ने सबैलाई पक्राउ गरिएको छ । उनीहरूमाथि अनुसन्धान सुरु गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.