अन्तर्राष्ट्रिय क्रिकेट स्टेडीयम सरकारले बनाउन पैसा दिने

बंगलादेशको ढाकामा जारी क्रिकेट विश्वकपमा नेपालको सानदार सुरुआतबाट खेलप्रेमीहरु उत्साही भइरहेको बेला सरकारले पनि एउटा अन्तर्राष्ट्रिय स्तरको स्टेडियमका लागि आवश्यक बजेट दिने भएको छ।

सरकारले आज सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रम मार्फत् त्यो प्रतिवद्वता सार्वजनिक गर्दैछ।

'आवश्यक बजेट दिएर सानदार स्टेडीयमका लागि यसै वर्ष काम सुरु गर्छौं,' महतले सेतोपाटीलाई भने, 'कहाँ, कस्तो र कति क्षमताको स्टेडीयम बनाउने भन्ने निर्णय प्राविधिकहरुले गर्नेछन्।'

सरकारले पैसा विनियोजन गर्ने मात्र हैन यसैवर्ष काम सुरु गराउने ठोकुवा समेत महतले गरेका छन्। काठमाडौंको मूलपानी गाविसमा क्रिकेट स्टेडियमकै लागि सरकारले एक दशक अघि ठूलो क्षेत्रफल अधिग्रहण गरेको छ।

'मूलपानी, कीर्तीपुर, काठमाडौं बाहिर जहाँ पनि हुनसक्छ,' महतले भने, 'क्रिकेटको विकासका लागि सरकारले स्टेडियमको आवाश्यकता महशुस गरेको हो।'

विश्वकपको सुरुवाती स्पर्धामा नेपालको जितसँगै क्रिकेट खेलाडीको प्रशंसा र विकासका पक्षमा अगुवा नेताहरु सामाजिक सञ्जाल मार्फत् दवाव दिइरहेका छन्।

अर्थमन्त्री महतले पनि आफ्नो पार्टीका केन्द्रीय सदस्य एवं सभासद् गगन थापा लगायतको टि्वटको जवाफ दिने क्रममा महतले न्यूनतम साझा कार्यक्रममा स्टेडियमलाई पैसा छुट्ट्याउने तथ्य सार्वजनिक गरेका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.