बार्सिलोनाले रियल मड्रिडसँगको दुरी घटायो


१९ फागुन, काठमाडौं । बार्सिलोनाले अल्मारियालाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडसँगको अंक दुरी एकमा झारेको छ ।
रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग २–२ को बराबरी खेल्दै अंक बाँड्दा बार्सिलोनाले अल्मारियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि बार्सिलानो २६ खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा छ भने रियल मड्रिडको ६४ अंक छ । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले एलेक्स सान्चेजको गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा लिओनल मेस्सीले फ्रिकिकमा गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । खेलको २७ औं मिनेटमा अल्मारियाले एक गोल फर्कायो र पहिलो हाफ २–१ मा सकियो । खेलको ८३ औं मिनेटमा कार्लोस पुयोलले गोल गरे भने ८९ औं मिनेटमा जाभीले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.