'टनकपुर भारतकै' भन्ने अभिब्यक्ति सच्याउन प्रमलाई अनेरास्ववियुको चेतावनी

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले दिएको 'टनकपुर भारतकै' भन्ने अभिब्यक्ति सच्याउन अनेरास्ववियुले चेतवनी दिएको छ। एमालेले टनकपुर सन्धिको विषयमा अनावश्यक ढंगले उत्तेजित बनाएको आरोपलाई अनेरास्ववियुले खण्डन गर्दै हाल कांग्रेससँग सत्ता साझेदारीमा रहेको कुरा नभुल्न चेतावनी दिएका हुन्। 


अनेरास्ववियु प्रचार प्रसार विभागका प्रमुख अषेश घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'नेपाली कांग्रेसकै सभापति भए पनि राष्ट्रवादी छन् भन्ने भ्रम तोडियो। आखिर बिरालोले म्याउँ गर्‍यो। तर प्रधानमन्त्री टिकाउन भारतको चाकडि गर्दै नेपाली जनतालाई अपमान गर्ने जुन काम सुशीलले गरे, यसको गहिरो मूल्य उनले चुकाउनु पर्नेछ।'

प्रधानमन्त्रीको गैरजिम्मेवारीपूर्ण अभिब्यक्तिविरुद्ध एकताबद्ध हुन अनेरास्ववियुले सम्पूर्ण देशप्रेमी, देशभक्त आम विधार्थीलाई अपिल गरेको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.