‘बक्षस्थल बिग्रिएको’ भन्दै महिला चालकद्वारा सिट बेल्ट बाँध्न अस्वीकार

गाडीमा बस्नासाथ हाम्रो हात सिट बेल्टमा जान्छ । कुनै कारण बिर्सिइहाले ट्राफिक देख्नासाथ सिट बेल्ट बाधिहालिन्छ । किनकी, ट्राफिक नियममा सिट बेल्ट नबाध्नु कानुनको उल्लंघन हो । तर, बेलायतको लिंकनशायरमा एक महिलाले सिट बेल्न बाँध्न अस्वीकार गरेकी छिन् । उनले जुन कारण देखाएर सिट बेल्ट बाँध्न अस्वीकार गरिन, त्यो सुनेर ट्राफिक प्रहरी ट्वाँ परेका छन् । फेब्रअुरी २३ तारिख अपरान्ह लिंकनसायर रोडमा खटिएको ट्राफिकले ती महिलालाई रोकेर बेल्ट लगाउन चेतावनी दियो । सिट बेल्ट नबाँध्दा दुर्घटना हुनसक्ने भन्दै प्रहरीले बेल्ट लगाएर मात्र चलाउन सल्लाह दियो । तर, ती महिलाले सिट बेल्टको नियम आफुलाइ थाहा भएको भन्दै नबाध्नुको कारण खुलाइन- ‘सिट बेल्टले मेरो बक्षस्थललाई पीडा भयो, यसले मेरो बक्षका आकार बिगारिदियो ।’ उनले ट्राफिकको अनुरोध मान्नुको सट्टा ५ सय पाउण्ड जरिवाना तिर्न उचित ठानिन् । जरिवाना तिरेपछि उनी बेल्ट नलगाई त्यहाँबाट हिडिन् । लिंकनसायर पुलिसले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ- ग्रान्थममा एक महिला पाखुरामुनी बेल्ट लगाएर गाडी चलाइरहेको अबस्थामा भेटिइन, हामीले लगाउन सल्लाह दियौँ, तर उनले भनिन- यसले मेरा बक्षस्थल बिगार्‍यो ।’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोलाभिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.