श्रीमतीको हत्यापछि आत्महत्या


१५ चैत, विराटनगर । मोरङको विकट पहाडी गाविस टाँडी-१ स्थित ससुराली घर आएका एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाम जिल्लाको बाँझो-८ बस्ने २८ वर्षका कुमार लिम्बूले घरमा सुतिरहेकी श्रीमती २६ वर्षकी पुष्पा लिम्बूलाई खुकुरी प्रहार गरेपछि सोही खुकुरीले आफूलाई प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारपछि घाइते भएका श्रीमान-श्रीमतीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान निधन भएको हो । घरायसी विवादले उक्त घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.