छोरी- बुहारी अर्कैसँग गएपछि आमाद्वारा आत्महत्या

१५ चैत, स्याङ्गजा । विवाहित दुई छोरी र एक बुहारी अर्केसँग एपछि चित्रेभञ्ज्याङ्ग गाविस-८ की ४१ वर्षीया खुममाया रानाले आत्महत्या गरेकी छन् । रानाका विवाहित छोरीहरु १८ वर्षीया तारादेवी राना र १५ वर्षीया ज्योति राना तथा बुहारी १४ वर्षीया सोनिया रानालाई क्यामीका अमबहादुर आले, दुर्गाबहादुर आले र रामबहादुर आललेले फागुन २८ गते भगाएर नारायणगढ लगेका थिए ।
छोरीबुहारी भागेपछि विक्षिप्त भएकी खुममायाले फागुन ३० मा आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार उनीहरुलाई भगाउने तीनैजना पुरुषको पनि घरमा पत्नी र सन्तान छन् । मृतक रानाका दुई छोरीका पति वैदेशिक रोजगारका लागि दुबई र कतारमा छन् ।
दुई छोरी र बुहारीको लालनपालन र संरक्षक बनेकी उनले छोरी र बुहारी परपुरुषसँग भागेको दुई दिनपछि झुन्डिएर आत्महत्या गरेकी खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ ।
खुममायाका पति भारतको एक कम्पनीमा काम गर्छन् । तीन सन्तानमध्ये उक छोरा वैदेशिक रोजगारीमा मलेसियामा छन् । झुन्डिएको अवस्थामा मृत भेटिएकी रानालाई भारतमा रहेका उनका पतिको सल्लाहअनुसार गाउँलेले अन्त्येष्टि गरेका छन् ।
बयरघारीकाा उक विद्यार्थीलाई ठक्कर दिएको आरोपमा दुर्गाबहादुर र मृतककी छोरी ज्योतिलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानबाट यो रहस्य खुल्न आएको हो । मृतकका पतिको भनाइका आधारमा शवको अन्त्येष्टि गरेको भन्दै प्रहरीले थप अनुसन्धानका लागि १२ जना गाउँलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक आभुषण तिमल्सिनाले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.