३४ बर्षसम्म ‘कुमार’, १२ बर्षमै ९८ छोराछोरीका बाबु

तपाईले ब्यबसायिक ‘वीर्य दाता’का कथामा आधिरित धेरै फिल्म हेरिसक्नुभयो होला । कहिलेकाहीँ लाग्दो हो- बास्तविक जीवनमा त यो कसरी सम्भव होला र ?
नेदरल्याण्डका ४५ बषिर्य एड होबेन त्यस्ता ब्यबसायिक सन्तान उत्पादक बाबु हुन जसले बीर्य दानलाई आफ्नो पेशा नै बनाएका छन् ।
३४ बर्षसम्म कुमार नै रहेका उनले त्यतिखेर आफ्नो वीर्य ‘वीर्य वैंक’लाई दिने गरेका थिए । तर, सरकारले उक्त बैंकमाथि प्रतिबन्ध लगाएपछि उनले वीर्यको सही उपयोग गर्ने नयाँ तरिका सोच्न थाले ।
पुरुष साथी वा लोग्नेबाट गर्भवती बन्न नसकेका वा गर्भवती हुन चाहाने कुमारी केटीसँग सम्बन्ध बनाउन थाले ।
गर्भवती बन्न कतिपय महिला उनकै घरमा आउँछन् भने कतिपयले उनलाई शहरबाहिर निश्चि दिनका लागि बुक गरेर लैजान्छन् ।
कुनै महिला तीन चारपटकसम्म शारिरिक सम्बन्ध भएपछि मात्र गर्भवती हुने गरेको र कतिपय दोस्रो सन्तानको चाहनाले आफुकहाँ आउने गरेको उनी सुनाउँछन् ।


उनी अहिलेसम्ममा फरक-फरक महिला ग्राहकको तर्फबाट ९८ केटाकेटीका बाबु बनिसकेका छन् । यी ब्यबसायिक बेबी मेकरका सन्तान बेलायत, फ्रान्स, जर्मनी, इटली र न्यूजिल्याण्डमा फैलिएका छन् ।
वीर्य दानबापत उनी कुनै पनि शुल्क लिदैनन, तर शारिरिक सम्बन्ध कायम गर्नुपर्ने उनको सर्त छ । शारिरिक सम्बन्धबिना उनी वीर्य दिँदैनन् । ‘वीर्य वैंकले ४-५ हजार पाउण्डसम्म शुल्क लिन्छन, तर म सित्तैमा दिन्छु’ उनले भने ।
‘मान्छेहरु भन्छन होला कि यो कति गैरजिम्मेवार तरिकाले यौन सम्बन्ध बनाउँछ’ यौन सम्र्पक राख्नै पर्ने आफ्नो सर्तबारे प्रष्टिकरण दिँदै भने-’तर, कसैलाई साँच्चै समस्या पर्‍यो भने दुःखका बेला काम लाग्ने म मात्रै हुँ ।’
उनीसँग शारिरिक सम्बन्ध बनाउन महिलाले आफ्नो मेडिकल रिपोर्ट पेश गर्नुपर्छ ताकी उनलाई कुनै सरुवा रोग छैन् । हालसम्म सम्बन्ध भएका महिलामध्ये ८० प्रतिशतलाई आफुले बच्चा दिन सकेकोमा उनी सन्तोष मान्छन् ।
युरोपभरि आफ्ना सन्तान छरिएका उनलाई भोली उनीहरुको भरणपोषणको कानुनी अडचन पो आइलाग्ला कि भन्ने चिन्ता छैन् । सुरुसुरुमा उनले आफुसँग सन्तानप्राप्तीका लागि संसर्ग गर्न आउने महिलासँग भोली सम्पत्ति दावी नगर्ने सम्झौता गराउँथे । तर, वकिलले त्यो सम्झौताले काम नगर्ने सल्लाह दिएपछि उनी आजकल ‘बिश्वासकै भरमा’ वीर्य दान गरिरहेका छन् ।
यति धेरै सन्तानका बाबु बनिसक्दा पनि उनलाई आफ्नै सुन्दर घरबार होस् भन्ने चाहना मरिसकेको छैन् । उनी भन्छन- कुनै दिन मैले पार्टनर भेट्नेछु र आफ्नै सुन्दर संसार बसाउने छु ।’
-बीबीसी र डेलिमेलको रिपोर्टमा आधारित

0 comments

Write Down Your Responses

Powered by Blogger.