बिदामा गएका गुरुबा महिला बनेर फर्किए

अमेरिकाको क्यालिफोर्नियाको स्कुलका शिक्षक केही समय विदामा गएका थिए । योशामिते हाइस्कुलका यी शिक्षक अहिले विद्यालय त फर्किए तर, महिला बनेर ।
५६ वर्षका ग्यारी स्कोन्सले आफ्नो पहिचान बदलेका छन् । लिंग परिर्वतनपछि उनको नाम क्यारेन एडेल स्कोट भएको छ । स्कुलका प्रवन्धक र क्यालिफोर्नियाका शिक्षा विभागले पुरुषबाट स्त्री बनेका शिक्षकलाई पढाउन दिँदा विद्यार्थी अभिभावकले विरोध नगर्ने वातावरण बनाउने प्रयासमा जुटेका छन् । स्कुलले उनलाई अध्यापनको अनुमति दिने तयारी गरेको छ ।
ग्यारी कलेजको फुटबल टिममा समेत थिए । उनले मार्सल आर्टको प्रशिक्षण समेत लिएका छन् । शिक्षणमा विभिन्न अवार्ड समेत जितेका उनले भनेका छन्-यो परिर्वतन सहज रुपमा स्वीकार होस् र मैले कुनै पनि अनुचित व्यवहार स्वीकार गर्दिन ।’
स्कुलका सुपरिटेन्डेन्ट जेम्स सरजेडले १९ मार्चमा विद्यार्थीका अभिभावकलाई एक पत्र लेख्दै २२ अपि्रलबाट कोन्सलाई ‘मिस क्यारेज एडेल स्कोट’को नामले चिनिने उल्लेख गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.