२२ बर्षे युवती बिश्वकै होची बडि बिल्डर

धेरैजसो युवतीहरु उचाई कम भयो भन्ने हिनताबोधमा हुन्छन् । अझ बिमारकै कारण औसतभन्दा निकै कम अर्थात होचापुडकाको रुपमा रहनुपर्दाको पिडा त्यो भन्दा निकै धेरै हुन्छ ।
तर, मनमा हिम्मत छ भने प्रगतिका लागि ‘हाइट’ ठूलो इस्यु नहुने रहेछ । अमेरिकाको एरिजोना राज्यकी २२ वषिर्य अमान्डा लोयको उचाई जम्मा चार फिट छ । यसका बावजुत उनको सपना निकै ठूलो छ ।

यो साता उनले पहिलो पटक एक बडी बल्डिङ (शारीरिक सुगठन) प्रतियोगिताको उपाधि जितिन् । अमाण्डाको तौल मात्र ७२ पाउण्ड छ । उनी जन्मजात हाइपोकन्डोप्लाजिया नामक विमारीबाट पीडित छिन् । आफ्नो रोगबारे बताउँदै उनी भन्छिन्-मसँग आम मानिसहरुसँग जस्तै शक्ति छ । जसलाई एक सानो प्याकेजमा राखिएको मात्र हो ।’

कडा मेहनतपछि ‘एनपीसी वेस्टर्न यूएसए फिगर कम्पिटिसन’मा उनले भाग मात्र लिइनन्, सयौंको मन जितिन पनि । बिकिनी र हिल्स लगाएकी अमान्डा अन्य प्रतियोगीभन्दा कम थिइनन् । उनले जब स्टेजमा पाइला राखिन्, दर्शकले तालीले स्वागत गरे ।
अमान्डा स्काटडेलमा नर्सिङकी बिद्यार्थी हुन् । उनी विश्वको पहिलो यस्तो महिला हुन्, जो बडी बिल्डिङ प्रतियोगितामा सहभागी भइन् । गुगलमा सर्च गर्दा मात्र आफू विश्वको सबैभन्दा होची बडी बिल्डर भएको थाहा पाएको उनले बताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.