सुव्रिनाको जवानीलाई चिठ्ठा परेपछि


सुरुवातमा बिग ब्यानरको ‘नोभेम्बर रेन’ र पब्लिसिटी हाइट पाएको ‘मिस नेपाल’सँग जुध्नु पर्दा ‘झेली’को निर्माणपक्ष तनावमा थियो । तर विभिन्न कारण देखाउँदै दुबै सिनेमाले प्रदर्शन मिति सारेपछि ‘झेली’ यूनिटलाई चिठ्ठा परेजस्तै भएको छ ।
भेषमान श्रेष्ठको निर्माणमा तयार भएको यो सिनेमामा सुव्रिना कार्की, अनिल थापा, दीपा वीसी लगायतका कलाकारले अभिनय गरेका छन् । कमल दाहालको निर्देशनमा तयार भएको यो सिनेमामा सबनम मुखियाको छायांकन, चन्द्र पन्तको द्वन्द्व छ । चलचित्रले पैसाको लागि जस्तो सुकै कदम चाल्न सक्ने एक यूवतीको कथालाई बोलेको छ । सिनेमाको बिषयवस्तु र प्रस्तुती उत्कृष्ट भएकाले पनि दर्शकले ‘झेली’लाई मन पराउने आत्मविश्वास निर्माता श्रेष्ठमा पलाएको छ । ‘नोभेम्बर रेन’ र ‘मिस नेपाल’ पछि सर्दा हट अवतारमा देखिएकी नव कलाकार सुव्रिना कार्कीलाई चर्चा पाउन सजिलो भएको देखिन्छ । आफ्नो मस्त जवानीलाई प्रदर्शन गर्न कुनै कसर नछोडेकी सुव्रिनालाई चिठ्ठा परेको अड्कल काट्न थालिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.