के छापियो आजका दैनिक पत्रिकामा ?

आज मिति २०७० चैत ६ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले मन्त्रिहरुको सम्पत्ति विवरण र आयस्रोतका बारेको समाचारलाई मुख्य रुपमा छापेका छन् ।

इन्टरपोलका नाममा ससुरालीमा सान बढेको नयाँ पत्रिकामा मुख्य खबर छ भने निजी विद्यालयको शुल्क बढाउन अदालतको रोक लगाएको राजधानी दैनिकमा मुख्य खबर छ ।

जेठमै स्थानीय निकायको निर्वाचन गर्न धेरै चुनौती रहेको नेपाल समाचारपत्रमा मुख्य खबर छ भने अध्यादेश संशोधन गर्न पनि विद्येयक चाहिने खबरलाई अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.