रमेश खरेलसँग हिरासतमै चर्काचर्की

फागुन, काठमाडौं । चर्को व्याजमा रकम दिएर गुण्डागर्दी शैलीमा उठाएको अभियोगमा पक्राउ परेका महेशबहादुर सिंह प्रहरी हिरासतमा छन् । प्रहरीले आइतबार काठमाडौं परिसर हनुमानढोकामा पत्रकारमाझ सार्वजनिक गरिरहँदा सिंहले प्रहरीलाई गालीगलौज गरे ।
परिसर प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलसँग उनले बाझाबाझ गर्दै आफ्नो अभियोग प्रमाणित गर्न चुनौती दिइरहेका थिए ।
सिंह तीन दिनअघि पक्राउ परेका थिए । पत्रकारकै सामु आइतबार सिंहलाई एसएसपी खरेलले भने, ‘तपाई अपराधी हो, धेरै अपराध गर्नु भएको छ ।’
पत्रकारहरुसँग घटना विवरण प्रस्तुत गरेपछि खरेलको निर्देशनमा उनकै कार्यकक्षमा सिंहलाई ल्याइएको थियो । हतकडीसहित उपस्थित भएका सिंहले फोटो खिच्ने बेलासम्म केही पनि बोलेनन् । फोटोखिचिसकेपछि पत्रकारले यी हतियार के प्रयोजनका लागि राख्नुभयो ? भनेर प्रश्न गरेपछि सिंहले प्ररहीलाई प्रमाण जुटाउन चुनौती दिएका थिए ।
अपहरण र शरीर बन्धक मुद्दामा उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ । सिंहले आक्रम हुँदै बरामद भएका हतियार, वन्य जन्तुका अंग आफ्नो पुख्र्यौली भएको दाबी गरे । आफूलाई ज्यान मार्ने धम्की आउने भएकैले ७ थान हतियार राखेको र सबै कानुनसम्बत रहेको जिकिर गरेको हिमालय टाइम्समा खबर छ । आफूलाई प्रहरीले बिनाकारण पक्राउ गरेको पनि उनले गुनासो गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.