प्रेम जोगाउन बन्दनाले हालिन् आफ्नै बाबुविरुद्ध मुद्धा

काठमाडौं । आफ्नो प्रेम विवाह छुटाउन लागेको भन्दै एक युवतीले बाबुविरुद्ध मुद्दा हालेकी छन् । परिवारको सहमति विना रोशनकुमार यादवसँग विवाह गरेकी धनुषा ७ की बन्दना यादवले बाबु योगेन्द्रविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले समेत हालै मात्र अर्को आदेश जारी नहुँदासम्म निवेदकलाई पक्राउ नगर्न आदेश दिएको छ ।
बन्दनाले सर्वोच्चमा दिएको निवेदन अनुसार बाबुले उनलाई पढ्न काठमाडौं मैतिदेवीस्थित दिदी भिनाजुसँग राखेका थिए । तर, भिनाजुले अनुचित व्यवहार गरेको भन्दै उनले निवेदनमा भनेकी छन्-’मैले आफ्नो पिताजीलाई मलाई भिनाजुको घरमा नराखी आफ्नो संरक्षणमा नलिए मेरो सतित्वको रक्षा हुन नसक्ने भएकाले म बाध्य भएर भाग्नु पर्ने कुराफोनमा अनुरोध गर्दा कुनै सुनुवाइ भएन ।’
भिनाजुको व्यवहारका कारण आजित आफूलाई सिरहा बिध्यागनर २ का रोशनकुमार यादवले सान्त्वना दिएको र उनैसँग प्रेम गरेको भन्दै उनले आफैंले बिहेको प्रस्ताव राखेको उल्लेख गरेकी छन् ।
रोशनले केही समय पर्खन भनेको तर, आफूले विवाह नगर्ने हो भने आत्महत्या गर्ने बताएपछि गत असोजमा सप्तरीको राजविराजस्थित राजदेवी मन्दिरमा विवाह गरेको बन्दनाले बताएकी छन् । विवाह पश्चात बाबुको धम्कीकै कारण रोशनले समेत घरमा भित्र्याउन आनाकानी गरेको भन्दै उनले सप्तरी जिल्ला अलदातमा नाता कायम मुद्दा समेत दायर गरेकी छन्, जुन विचाराधिन छ ।
हाल रोशन र उनको परिवारको स्वीकार गरेको भन्दै बन्दनाले निवेदनमा आफूहरुलाई छुटाउन माइती पक्षले अपहरण गर्ने र जवर्जस्ती अर्कैसँग विवाह गराउने प्रयास गरेको भन्दै बाबुविरुद्ध मुद्दा दायर गरेकी छन् ।
आफूले इच्छा अनुसार विवाह गरेको भएपछि माइतिपक्षले परिवारका अन्य सदस्यलाई झुटा मुद्दा लगाएको भन्दै उनले आफू र आफ्नो पतिको जीवन रक्षाको माग गरेकी छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.