वैद्य माओवादीका १० कार्यकर्तालाई सार्वजनिक मुद्दा

नेपाल प्रहरीले वैद्य माओवादीका १० कार्यकर्तालाई विहीबार राजधानीबाट पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक अपराधअन्तरगत मुद्दा चलाइएको छ ।

काठमाण्डौको कान्तिपथस्थित एभरेष्ट डि कार्गो – फेडेक्स) कम्पनीका कर्मचारीहरुलाई श्रम ऐन विपरीत कार्य गरेको भनी निष्काशन गरेको विरोधमा प्रदर्शन गर्ने क्रममा ती माओवादी कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर मुद्दा चलाएको हो ।
माओवादीसमर्थित भातृ संगठनले कर्मचारीको पुर्नबहालीको माग राखी विहीबार विहान कार्गो अगाडि धर्ना दिएका थिए । त्यसक्रममा उत्तेजित भई ढुंगामुढा गरेको भन्दै प्रहरीले १० जनालाई पक्राऊ गरेको हो ।
पक्राऊ पर्ने माओवादी कार्यकर्ताहरुमा विभिन्न जिल्लाबाट राजधानी आई बसोबास गर्ने धनश्याम श्रेष्ठ, बद्री चापागाई, विजय तामाङ्ग, सालीकराम काफ्ले, धनसुर महतरा, रोशनराज थाला, प्रकाश लामा, कृष्ण मुरारी आचार्य, अभिजिन्द पाबे र राजु थापा रहेका छन् ।
उनीहरुलाई महानरीय प्रहरी बृत्त दरवारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय बबरमहलमा विहीबार पेश गरेको थियो । पक्राऊ परेका सबैलाई केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
रिहा नगरे आन्दोलन गर्ने चेतावनी
यसैवीच माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष रामदीप आचार्यले विहीबारै एक प्रेस वक्तव्य जारी गरी गिरफ्तारीको विरोध गरेका छन् । व्यवस्थापनपक्षबाट तलव नपाएर आन्दोलनमा त्रिएका कर्मचारीसहित आफ्ना १७ जना नेता कार्यकर्तालाई आस्थाकै आधारमा गिरफ्तार गरी प्रहरीले हिरासतमा राखेको आचार्यले गुनासो गरेका छन् ।
‘गिरप\mतार गरिएका मजदुर नेता कार्यकर्तालाई विनाशर्त अबिलम्ब स-सम्मान रिहा गर्न र प्रहरीको हस्तक्षेपबाट घाइते भएका सह-संयोजक योगेन्द्र कुमाल, सचिवालय सदस्य भीम चापागाइँ र महासंघका केन्द्रीय सदस्य पवन वयकको शीघ्र उपचारका लागि सरकारसमक्ष जोडदार माग गर्दछौं,’ आचार्यले विज्ञप्तिमा भनेका छन्-’एभरेष्ट डि काग्रो (फेडेक्स)मा निष्काशत गरिएका मजदुर-कर्मचारीलाई बिनाशर्त तत्काल पुनर्वहाली गर्न माग गर्दछौं । यदि गिरफ्तारीको रिहा, घाइतेलाई उपचार र निष्काशित मजदुरहरुको पुनर्वहाली नगरे महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहान्छौं ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.