शौचालयमा ‘सरप्राइज’ सुत्केरी, डाभइ हानेर बाबुले जोगाए बच्चा

प्रेमिकाले शौचालयमा अचानक बच्चा जन्माउन थालेपछि एक पुरुषले
क्रिकेटरले झैँ डाइभ हानेर बच्चा खस्नबाट जोगाएका छन् । अष्ट्रेलियाको मेलवर्नका कार्ल फोर्ड र उनकी प्रेमिका हेलरी क्रम्पलाई बाबाआमा बन्दैछौं भन्ने थाहा थिएन । किनकी हेलरीको न महिनाबारी रोकिएको थियो न त पेटको आकार बढेको थियो । ‘म बाथरुममा थिएँ । तर, के हुँदैछ भन्ने मलाई थाहा थिएन’हेलरीले भनेकी छन्-मैले यति भनेँ मबाट केही आउँदैछ ।’ केही अस्वस्थ रहेका प्रेमिका बाथरुमबाट सहयोग मागेपछि करिव १२ फिट पर रहेका कार्ल केही नहेरी हामफाले । क्रिकेट फ्यान समेत रहेका उनले भनेका छन्-’हेलरी सहयोग मागिरहेकी थिइन । म करीव १२ फिट पर थिएँ । मैले सट्ट डाइभ हानेँ र बच्चा ट्वाइलेटमा खस्नु अघि नै समातेँ ।’ आफूले सुपर विकेटका लागि हावामा डाइभ हाने जस्तै गरेको भन्दै उनले भनेका छन-’तपाईलाई लाग्छ कि यस्तो हुनसक्दैन । तर, मैले गरेँ ।
’ केहीबेरमा एम्बुलेन्स आइपुग्यो । किनकी सन्चो नभएपछि हेनरीले १११ मा फोन गरेकी थिइन् । बच्चा र आमा दुबैलाई तत्काल अस्पताल भर्ना गरियो । ६ दिने अस्पताल बसाइपछि फेबु्रअरी २६ मा उनीहरु मेलवर्नस्थित घर फर्किएका छन् । २६ वर्षकी हेनरी केयर वर्कर हुन् भने ३७ वर्षका कार्ल एकाउन्टेन्ट हुन् । संसारमा पछिल्ला दिनमा सरप्राइज बर्थका समाचारहरु आइरहेका छन् । अध्ययनका अनुसार हरेक ६ सय महिलामा एक जनालाई आफु गर्भवती भएको बच्चा जन्माउन लागेको भन्ने कुरा सुत्केरी हुने बेलासम्म पनि थाहा पाउँदैनन् । खासगरि ब्यस्त र मोटा आइमाइहरु जसले आफु गर्भवती भएँकी भइन भनेर संकेतहरु ख्याल गर्दैनन, उनीहरुले बच्चा पाउने बेलासम्म पनि आफु आमा बन्न लागको भेउ पाउँदैनन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.