अण्डरवयेर किन्दा ५० हजार डलरको गोप्य अंग इन्सुरेन्स अफर

क्यानडाको एक अण्डरवयेर उत्पादक कम्पनीले आफ्ना ग्राहकलाई अनौठो अफर दिएको छ ।
अमेरिकी पत्रिका हफिङटन पोष्टका अनुसार उत्पादक कम्पनीले आफ्ना ग्राहकको लिंगको इन्सुरेन्स गरिदिने घोषणा गरेको छ ।
शनिवार (मार्च १५ देखि) लागू हुने यो अफरअन्र्तगत अन्डज अण्डरवेयरको ३ वा सोभन्दा बढि थान खरिद गर्ने ग्राहकलाई ५० हजार अमेरिकी डलर बराबरको लिंग इन्सुरेन्स गरिने छ ।
इन्सुरेन्स पोलिसीअनुसार कुनै पनि ग्राहकको लिंग शरिरबाट छुट्टीएमा उसले ५० हजार डलर क्षतिपूर्ति पाउने छ ।
‘अहिलेसम्म एउटा मानिसलाई उसको कार, कुकुर, घर, जमिन र जीवनकै बीमा सुबिधा उपलब्ध थियो तर उसकै लिंगको इन्सुरेन्स थिएन’ अन्डज कम्पनीका संस्थापक बेरनार्ड डोरले भने–‘संसारभरका पुरुषहरुलाई उनीहरुको सबैभन्दा अमूल्य सम्पत्तिको सुरक्षा गर्ने अबसर हाम्रो कम्पनीले दिँदै छ । संसारकै सबैभन्दा अग्रणी इन्सुरेन्स कम्पनीलाई यो अभियानमा साथ पाउँदा हामी उत्साहित छौं ।’
सर्जरी गरेर आफ्नो अंग हटाइएमा भने यो स्कीमले इन्सुरेन्स रकम दिने छैन् । हरेक बर्ष १६ हजार मानिसको गोप्य अंग नष्ट हुने गरेको भन्दै सो कम्पनीका प्रवक्ताले इन्सुरेन्स पोलीसी केवल प्रचारका लागि मात्र नभएर मानिसको महत्वपूर्ण अंगको सुरक्षाप्रति सचेत बनाउन ल्याइएको बताए ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.