एन्जेलिनाले फेरि ब्रेष्ट सर्जरी गर्ने

हलिउड स्टार एन्जेलिना जोलीले स्तन क्यान्सरबाट बच्न फेरि सर्जरी गर्ने भएकी छन् । उनले गत वर्ष प्रिभेन्टिभ डबल मासटेक्टोमी गराएकी थिइन् । यो सर्जरीमा क्यान्सरबाट बच्न दुबै स्तनको आशिंक वा पुरै भाग हटाउने गरिन्छ ।
जोलीले सर्जरी गर्ने निर्णयप्रति आफू निकै खुसी रहेको बताएकी छन् । उनले भनेकी छन्–‘अब अझै एक सर्जरी छ, जसलाई मैले अहिलेसम्म गरेकी छैन । म अघिल्लो चरणको सर्जरी गर्नुअघि ती सबै शानदार मानिसहरुसँग सल्लाह लिन्छु, जोसँग पहिले पनि लिएकी थिएँ ।’
उनले अघि भनिन्–‘म भाग्यमानी छु कि मैले राम्रो डाक्टर भेट्टाएँ । मेरो स्वास्थ्य अवस्था सुधार भयो र मलाई अनब्रोकेन जस्तो फिल्म निर्देशित गर्ने मौका मिल्यो । जसमा म आफूलाई एकाग्र गर्न सक्छु ।’
अभिनेत्री जोलीले आफूलाई समर्थन गर्ने सबैप्रति आफू आभारी रहेको समेत बताएकी छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.