आत्महत्या गर्ने १० पोर्नस्टार

केही वर्षअघिसम्म पश्चिमा देसहरूमा पोर्नस्टारहरूको माग र आम्दानी निकै थियो। प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्षण पोर्न चलचित्रहरूमा थियो, तर इन्टरनेटको विकाससँगै छ्याप्तछ्याप्ती भिडियो निःशुल्क हेर्न पाइने भएपछि पोर्नस्टारहरूको पेसा संकटमा परेको छ। सन् २०१० को डिसेम्बर १९ मा चर्चित पोर्नस्टार वायोलेट एडम्सनले ३५ बर्षको उमेरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

त्यस्तै ४१ वषर्ीया पाउला याट्सको निधन १२ वर्षअघि हेरोइनको अत्यधिक सेवनबाट भएको थियो। ३१ जुलाई २००२ मा चर्चित पोर्नस्टार पालिन चानले २४ औं तलाबाट हामफालेर आत्महत्या गरेकी थिइन्। उनले डिप्रेसनका कारण आत्महत्या गरेको नोट प्रहरीले फेला पारेको थियो।

सन् २००९ मा लेइला लोप्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरिन्। अत्यधिक ड्रक्सको सेवनका कारण उनको निधन भएको प्रहरीले बताएको थियो। २९ डिसेम्बर २००२ मा विव नेव्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन्, तर उनले आत्महत्या गर्नुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

क्याथरिन सु जनस्टन नाम गरेकी एक पोर्नस्टारको मृत शरीर सन् २०११ को १३ अप्रिलमा उनकै कोठामा फेला पारिएको थियो। २००७ तिर आफ्नो करियर सुरु गरेकी क्याथरिनले ७१ वटा पोर्न चलचित्रमा अभिनय गरेकी थिइन्। डाना प्लाटो नाम गरेकी पोर्नस्टारको मृत शरिर उनकै घरको पार्किङमा फेला पारिएको थियो। उनको निधन ड्रक्सको अत्यधिक सेवनबाट भएको बताइन्छ।

१९ जुलाई सन् २००८ मा अनातासिया ब्लु नाम गरेकी पोर्नस्टारको टाइलेनल नामक ड्रक्स अत्यधिक मात्रामा सेवन गरेका कारण निधन भएको थियो। ड्रक्स सेवनका कारण उनलाई हर्टएट्याक भएको थियो। पोर्नस्टार एमी जनडनको सन् २०१० मा निद्राको औषधी धेरै खाएर निधन भएको थियो। पोर्न पेशाबाट दिक्क भएर उनले अत्यधिक मात्रामा निद्राको औषधी सेवन गरेको अनुमान गरिन्छ। सन् २००४ मा अर्की पोर्नस्टार सुसान साहको मृत शरिर एउटा लक्जरी अर्पाटमेन्टमा पाइएको थियो। उनले आत्महत्या गरेको उनका निकट मित्रहरूले बताएका थिए।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.