'सेलेना संसारकै राम्री'

कतिपय प्रेमीहरू एक्स-गर्लफ्रेन्डलाई फुटेका आँखाले हेर्न चाहँदैनन् । अझ भनौं, प्रेमिकाका अवगुणहरू साथीभाइमाझ दर्साएर आफूलाई गतिलो बनाउन प्रयासरत रहन्छन् । तर, यस मानेमा गायक जस्टिन बिबर भने फरक देखिए । उनले आफ्नी एक्स-गर्लफ्रेन्डलाई संसारकै राम्री राजकुमारी रहेको बताएका छन् ।
मार्च १ मा बर्थ-डे मनाउने क्रममा जस्टिनले सेलेनालाई सम्झने गजबको काइदा फुराए । सेलेनाको प्रोफेसनल फोटोलाई नै कपी गरेर आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै क्याप्सनमा लेखे, 'संसारकै सर्वाधिक राम्री राजकुमारी ।' आफूभन्दा एक वर्ष जेठी सेलेनासँगको प्रेमसम्बन्धमा उतारचढाव बेहोरेका जस्टिनले २० वर्ष पुगेपछि पुनः सेलेनाको मायाप्रति मोह देखाएका छन् । सन् २०१० देखि नै डेटिङमा रहेको यो जोडीले त्यसको औपचारिक जानकारी भने एक वर्षपछिको ओस्कार पार्टीमा एकसाथ उपस्थित भई दिएको थियो । तर सम्बन्धले दुई वर्ष कटाउन नपाउँदै समस्या खेपेपछि छुट्टियो । बिछोडको पीडाले दुवैको पेट पोल्यो सायद । मिले । तर फेरि २०१३ को जनवरीमा ब्रेकअप भयो ।
जस्टिनसँग अलग्गिएपछि सेलेना सिंगल नै बसेकी छन् । ट्वीटरमा पनि उनले आफ्ना साथीसँग रमाइला क्षणका फोटाहरू सेयर गर्दै बिबरप्रतिको मायालाई घुमाउरो पारामा दर्साइरहेकी छन् । भर्खरै सम्पन्न ओस्कारको भ्यानिटी फेयर पार्टीमा यसपटक पनि आकर्षक मेटालिक गाउनमा उपस्थित सेलेनाले जस्टिनको साथ भने पाइनन् । तीन वर्षअघि यसै पार्टीबाट सम्बन्ध सार्वजनिक गरेकी सेलेनाले यसपटक पनि कतै जस्टिनको साथ पाउने आशा पो गरेकी थिइन् कि ? जस्टिन भने उक्त पार्टी मिस गरे पनि सेलेनाको ड्रेसअपबाट प्रभावित बने र उनका नाममा सार्वजनिक रूपमै प्रशंसाका शब्दहरूको फूल चढाइदिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.